२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक विकासमार्फत राष्ट्रको उन्नति हुन्छ : राष्ट्रपति भण्डारी

अ+ अ-

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको विकासबाट नै राष्ट्रको उन्नति हुने बताएकी छन् ।

राष्ट्रपति भण्डारीलाई स्वागत तथा अभिनन्दका लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आज आयोजना गरेको कार्यक्रममा उनले चेतना र लोकतन्त्रको सम्वाहक महेन्द्र मोरङ क्याम्पसको भूमिका अग्रणी छ भने ।

राष्ट्रपति भण्डारीले विगतमा आफू यस क्याम्पसमा अध्ययन गरेको स्मरण गर्दै मुलुकमा भएको राजनीतिक परिवर्तनपछि समृद्धिको बाटोमा हिँडिरहेको अवस्थामा शैक्षिक संस्थाले सोहीअनुसारका पाठ्यक्रम र जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले मुलुकमा भएको अपार सम्पदाको उपयोगका लागि आवश्यक रणनीति बन्नुपर्छ भन्दै चरित्रवान, लगनशील र देशभक्तिको भावना बोक्ने जनशक्तिले राष्ट्र समृद्ध हुने धारणा राखे ।

प्राज्ञिक संस्थाले शिक्षाको विकास र सुदृढीकरणमा प्रयत्नशील रहनुपर्छ भन्दै राष्ट्रपति भण्डारीले शैक्षिक चेतना र जागरणमा यो क्याम्पसले खेलेको भूमिकाको सराहना गरे ।

प्रदेश नं १ का प्रदेश प्रमुख प्रा. डा.गोविन्दबहादुर तुम्वाहाङले विगतमा विश्वविद्यालय निर्माण गर्न तत्पर यो क्याम्पसले शिक्षा क्षेत्रमा निकै योगदान पुर्‍याएको छ भने । मुख्यमन्त्री शेरधन राईले धेरै पूरानो इतिहास बोकेको यो क्याम्पस उच्च र दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरले पूर्वक्षेत्रको शैक्षिक विकास, विस्तार एवं बौद्धिक विकासमा यो क्याम्पसले खेलेको भूमिकाको चर्चा गर्दै अबको शिक्षा पूरानो ढङ्गबाट नचल्ने धारणा राखे ।

क्याम्पस प्रमुख प्रा बाबुराम तिमल्सिनाका अनुसार क्याम्पसमा हाल तीन हजार ५०० विद्यार्थी अध्ययनरत छन् । उनले क्याम्पसको जीर्णोद्धार गर्न रु ५० करोड आवश्यक पर्ने बताए । सो अवसरमा क्याम्पस प्रमुख तिमल्सिनाले राष्ट्रपति भण्डारीलाई अभिनन्दनपत्रद्वारा सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस