२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कलाकारको बेइज्जत गर्न पाइँदैन भन्दै यसरी उर्लिए युवा (भिडियोसहित)

अ+ अ-

काठमाडौं । कलाकारको बेइज्जत गर्न पाइँदैन भन्दै चितवनमा आयोजित एक कार्यक्रममा युवाहरुले हलमै नाराबाजी गरेका छन् । चर्चित हाँस्य कलाकार लेखमणि त्रितालको एक प्रस्तुति रोकिँदा दर्शकहरुले नाराबाजी गरेका हुन् ।

नारायणगढस्थित नारायणी कला मन्दिरमा शनिबार आयोनित ग्रीन साँझ कार्यक्रममा एकजना दर्शकका कारण कलाकारले आफ्ना प्रस्तुति रोक्नुपरेको थियो । चर्चित हाँस्य कलाकार लोकमणिले आफ्नो प्रस्तुति दिइरहेका बेला एकजना दर्शके अनावश्यक अवरोध गरेका थिए ।

कार्यक्रमा सयौं दर्शकहरुले ‘कलाकारलाई अपमान गर्न पाइँदैन’ भन्दै कार्यक्रमको पक्षमा नाराबाजी गरेका थिए । कार्यक्रम अवरुद्ध गर्ने नियतले विरोध गर्ने व्यक्तिले स्टेजमा उभिएर माफि नमागेसम्म कायर्कक्रम अगाडि नबढ्ने भन्दै दर्शकरुले अडान लिएका थिए । धेरैबेर कार्यक्रम अवरोध भएपछि कार्यक्रम अवरोध गर्ने व्यक्ति स्टेजमा आइ माफि मागेका थिए । माफि माग्दै उक्त व्यक्तिले “तपाईहरुको यस स्ट्याण्डअप कमेडीको फ्यान फलोइङ चितवनमा यस्तो रैछ मलाई थाहा भएन म सरी भन्न चाहन्छु मेरो कारण कार्यक्रममा पर्न गएको असुविधाका लागि माफी” भन्दै आफ्नो गल्ती स्वीकार गरे त्यस क्रममा उनले सबैले बुझ्ने गरी नेपाली र अंग्रेजी दुबै भाषामा माफी मागेका थिए । साथै “अहिले नेपाली हाँस्य कार्यक्रमको स्तर निकै नै माथि आएको रहेछ” भन्ने अभिव्यक्ति पनि दिएर बिदा मागे । त्यस पश्चात बल्ल उपस्थित दर्शकले कार्यक्रम पुनः अघि बढाउन दिएका थिए ।

कार्यक्रममा नेप/ग्याजमका तीन जना चर्चित हाँस्य कलाकारहरु डोरेश खतिवडा, सरोज भण्डारी र लेखमणी त्रितालको प्रस्तुति रहेको थियो । नेप/ग्याजमले पछिल्लो समय यूट्यूब च्यानल मार्फत् स्तरीय हाँस्य सामाग्री पस्किँदै आएको छ भने यूट्यूबमा राखिएका स्ट्याण्ड अप कमेडी सामाग्रीबाट रमेश अंकलको छोरो र तरिका हो भन्ने पात्र देश विदेशका नेपाली युवाहरुबीच स्थापित पात्र बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस