३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पुर्‍याउन माग

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवरद्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन सङ्घ/सङ्गठनले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

योग, आयुर्वेद, पञ्चकर्म, स्वस्थवृतसम्बन्धी सेवा प्रदान गर्न तथा जडीबुटीसम्बन्धी नीति निर्माण एवं कार्यान्वयन गर्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सबै स्थानीय निकायमा कविराज, आयुर्वेद सहायक तथा आयुर्वेद चिकित्सक पुर्‍याउन माग गरेका छन् ।

हाल ७५३ स्थानीय तहमध्ये २५४ तहमा मात्र आयुर्वेद सेवा रहेको छ । सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने, प्रदेश संरचनामा कामकाज गर्न खटाइएका कविराज ५, ६ र ७ तहको दरबन्दी कटौती नगरी पुनः कायम गर्नुपर्ने, प्रदेश स्वास्थ्य निर्देशनालयमा आठौँँ तहको आयुर्वेद चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रमा आयुर्वेद विज्ञको दरबन्दी कायम गर्न, सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका ११ औँ तहको आयुर्वेद विज्ञको व्यवस्था गर्नुपर्ने रहेका छन् ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई तीन निकायका उच्च पदाधिकारीले आइतबार भेट गरी आफ्ना माग पूरा गर्न आग्रह गरे ।

स्वास्थ्य सचेतना कार्यक्रम

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो वार्षिकोत्सवका अवसरमा काभ्रे जिल्लाकोे बनेपामा विशेष स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरेको छ ।

आइतबार सम्पन्न सो सचेतना कार्यक्रममा अस्पतालका उपनिर्देशक तथा अर्थोपेडी–स्पाइन सर्जन डा. विनोद विजुक्छे, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा समीरा शफी खान, मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सन्देश पन्थीलगायतका चिकित्सकले सेवा प्रदान गरेका थिए ।

अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य जनचेतनाका सचेतना कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा स्थानीय समुुदायको उल्लेख्य सहभागिता रहेको जानकारी दिए ।

मानिसका हुने ढाडको समस्या र समाधानका उपायमा डा. विजुक्छे, महिलाको पाठेघरको मुखमा हुने क्यान्सर र जोगिने उपायमा डा खान तथा थाइराइड हर्मोनका कारण हुने समस्यामा डा पन्थीले चेतनामूलक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस