२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहयोगका लागि मिर्गौला पीडितको आग्रह

अ+ अ-

हेटौँडा । मिर्गौलाको उपचार गराइरहेकी हेटौँडा उपमहानगरपालिका–१२, गुम्बाटोल पदमपोखरीकी विमला स्याङ्तानले आफ्नो उपचारमा सहयोगको अपेक्षा गर्दै आज यहाँ पत्रकार सम्मेलन गरेका छन् ।

विसं २०६९ देखि दुवै मिर्गौलाले काम गर्न छाडेको उनको केही समय अघिदेखि डायलाइसिस गराउन थालिएको हो । उपचार गराउँदा गराउँदै हालसम्म करीब रु १८ लाख खर्च भएको र थप उपचारमा समस्या भएको उनले बताए ।

२ छोरा र १ छोरीकी आमा ४२ वर्षीया स्याङ्तानलाई श्रीमानले बेवास्ता गरेपछि उपचार र घरव्यवहार दुवैतिरको भार छ । भीमफेदी गाउँपालिका (साविक इपापञ्चकन्या गाविस–२), का सूर्यबहादुर स्याङ्तानसँग विवाह गरी तीन सन्तानकी आमा बनेका उनले अहिले रोग र अभावसँग एकैसाथ जुध्दै छन् ।

एकातिर आफ्नो ज्यान रोगी, अर्कोतिर परिवारको आर्थिक भार । विमलाको मिर्गौलामा समस्या देखिएको थाहा भएर केही वर्षपछि उनको श्रीमान्ले उनीलाई छोडेका थिए ।

उनका अनुसार विगत चार वर्षदेखि श्रीमान् सम्पर्कविहीन छन् । विमला हाल पदमपोखरीस्थित आफ्नो माइती घरमा छोराछोरीसहित बस्दै आएका छन्। सरकारले निःशुल्क डायलाइसिस गराए पनि रगत, अस्पताल आवतजावत जस्ता अन्य खर्चका लागि आम्दानीको स्रोत नहुँदा उनीलाई समस्या छ ।

‘डायलाइसिसको लागि सरकारले निःशुल्क गराएको छ, अस्पताल (चितवन) आउनजान र अरु खर्चको लागि पनि धेरै गाह्रो भइरहेको छ’, विमलाकी छोरी ज्योतिले भने ।

विमलालाई सहयोग गर्न चाहनेले उनको उपचारको लागि नेपाल बैंकमा ज्योति स्याङ्तानको नाममा रहेको ०२५०११०६६०८४७००००००१ खातामा रकम जम्मा गर्न या उनको बारेमा बुझ्न चाहनेले उनको छोरी ज्योतिलाई ९८०४२४३९१३ मा सम्पर्क गर्न आग्रह गरिएकोछ ।

प्रतिक्रिया दिनुहोस