दाङ । बसको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । दाङको घोराही–१४ मा आज बिहान लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक मेघराज को मृत्यु भएको हो।
२९ वर्षीय मेघराज पुन को शव सडमै राखेर स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको छ। घटनापछि बसमा तोडफोड गरिएको छ ।