२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई महीनादेखि बन्द रहेको विद्युत् उत्पादन गृह पुनः सञ्चालन

अ+ अ-

नवलपरासी । विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा पुनः विद्युत् उत्पादन शुरु भएको छ ।

गण्डक नहरमा आवश्यकताअनुसार पानी नहुँदा उत्पादन बन्द हुन पुगेको विद्युत् उत्पादन गृहको नहरमा पानी आएपछि पुनः विद्युत् उत्पादन शुरु भएको गृहले जनाएको छ ।

नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी कात्तिक ६ गतेदेखि भारतीय गण्डक नहरमा पानी बन्द गरिएपछि विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुन पुगेको थियो ।

यद्यपि अहिले नहरमा पानी आएपछि पुनः विद्युत् उत्पादन शुरु भएको छ । अहिले करीब प्रतिदिन ३.५ देखि चार युनिटसम्म विद्युत् उत्पादन हुने गरेको छ ।

विद्युत् उत्पादन गृहको स्थापनाकालमा तीन वटा टवाईन जडित गरी दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको भए पनि विगत दश वर्षदेखि दुई वटा टवाईन पूर्णरूपमा बिग्रिएर थन्किएका छन् ।

नहरमा आवश्यकताअनुसार पानी भएको अवस्थामा लामो समयदेखि एउटा मात्र टवाईन सञ्चालनमा आउने हुँदा क्षमताभन्दा निकै कम करीब ३.५ देखि चार मेगावाट मात्र विद्युत् उत्पादन हुने गर्दछ ।

भारतीय पक्षले प्रत्येक वर्ष एक पटक गण्डक नहरको मर्मतसम्भार र सरसफाइ गर्ने भनेर करीब दुई महीनाका लागि नहरमा पानी बन्द गर्ने गर्दछ । सो अवधिभर विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुने निश्चित छ । विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादनका लागि कम्तीमा पनि चार हजार क्युसेक पानी आवश्यक पर्दछ ।

नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारको सहयोगमा तयार गरिएको विद्युत् उत्पादन गृहलाई २०३६ सालमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

भूकम्प प्रभावित समुदायलाई भवन हस्तान्तरण

विंस २०७२ सालमा गएको भूकम्पमा परी घरविहीन बनेका परिवारलाई कुमारी निजी शैक्षिक गुठीले भवन हस्तान्तरण गरेको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको विकट पहाडी भेग कीर्तिपुरमा एक औपचारिक कार्यक्रमका बीच भूकम्प प्रभावित १२ घरपरिवारलाई कुमारी निजी गुठीका संस्थापक टेन भ्यान रिज्वएसले घरको साचो हस्तान्तरण गरेको हो ।

घर हस्तान्तर कार्यक्रममा संस्थापक टे«न भ्यान रिज्वएसले गरीबी, पिछडिएका समाजमा सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी मिलेको बताए । पूर्वी नवलपरासीको कीर्तिपुर गाउँ देवचुली नगरपालिकाको पहाडी भेगकै रुपमा मानिन्छ । यस गाउँमा करीब १५४ घरधुरी रहेको छ । विद्युत्, स्वास्थ्य, शिक्षा सुविधाबाट यस समुदाय निकै पछाडि परेको छ ।

संस्थापक रिज्वएसले विगत ३० वर्ष अघिदेखि पूर्वी नवलपरासिको कावासोती हसौरामा कुमारी निजी शैक्षिक गुठी सञ्चालनमा ल्याएका हुन् । उनले शिक्षा, स्वास्थ्यदेखि विभिन्न सामाजिक कार्यमा पनि निकै ठूलो भूमिका निभाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस