कास्की । समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा पोखरा हानगरपालिका-२५ स्थित हेम्जा वोर्डिङ स्कुलमा लागूऔषध सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
उक्त स्कुलमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अभियान अन्तर्गत विद्यालयमा अध्यनरत कक्षा ८, ९ र १० का जम्मा ९५ जना विद्यार्थीहरुलाई लागूऔषध सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम प्रदान गरिएको हो । साथै उक्त विद्यालयमा प्रहरी विद्यालय सम्पर्क समिति समेत गठन गरिएको छ ।
लागूऔषध सेवनबाट युवा जनशक्तिहरु कुलतमा फसेका र सोको न्युनिकरण गर्नका लागि पहिलो चरण भनेको विद्यालय भएको र विद्यार्थी भनेका समाजका प्रतिविम्व समेत रहेको हुँदा उक्त प्रशिक्षणबाट सकारात्मक सन्देश जाने विश्वास समेत कार्यक्रममा जानकारी गराइएको थियो ।