२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुखुरापालक किसान आन्दोलनमा

अ+ अ-

बनियानी । झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल कुखुरापालक किसान सङ्घ झापाका अध्यक्ष राजन पौडेले बताए ।

“पछिल्लो समय चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको छ”, उनले भने, “तर, किसानले उत्पादन गरेको कुखुराको मूल्य घट्दो छ ।” आन्दोलनस्वरूप किसानले समस्या समाधान नभएसम्म खोरमा खुकुराको चल्ला नहाल्ने निर्णय गरेको उनले बताए ।

नेपाल कुखुरापालक सङ्घ केन्द्रीय समितिले खोरमा कुखुराका चल्ला नराखिने निर्णय गरेकामा त्यसलाई लाई पुस १ गतेदेखि कार्यान्वयन गरिएको सङ्घका झापा सचिव डिल्ली उप्रेतीले बताए ।

“पुस १ गतेदेखि जिल्लाभरका कुखुरापालक किसानले खोरमा चल्ला नहाल्ने निर्णय गरेका छौँ’, उनले भने, “किसानको समस्या सम्बोधन भएसम्म आन्दोलन जारी रहने छ ।”

केही समयअघि प्रतिबोरा (५० केजी) दानामा रू ५० वृद्धि गरिएको र त्यसलगत्तै रू ७५ ले पुनः वृद्धि गरिएको सचिव उप्रेतीले बताउनुभयो । गर्मी महीनामा चल्ला बचाउनै मुस्किल पर्ने र जाडोमा चल्ला खरीद गर्न नसकिने गरी मूल्य बढ्ने गरेको बताउँदै उनले भने, “यसबाट किसान मारमा परेका छन्, त्यसमा पनि एक दिने चल्ला ३५ ग्रामको हुनुपर्नेमा २५र३० ग्रामको मात्र हुन्छ ।”

किसानलाई जिउँदो कुखुरा उत्पादनमा प्रतिकेजी रू १६५ लाग्ने गरेको सङ्घका सदस्य रमेश भट्टराईले बताएयो । “अहिले किसान प्रतिकेजी १६५र१७० रुपैयाँमा कुखुरा बेच्न बाध्य छन्”, उनले भने, “बजारमा २८०र३०० रुपैयाँ प्रतिकेजी मासु बिक्री भइरहेको छ ।”

“पैँतालीस दिन कटेपछि कुखुरा बेच्नुको विकल्प हुँदैन”, उनले भने, “किसानको बाध्यताको फाइदा बिचौलियाले उठाइरहेका छन् ।” अहिले किसानको खोरमा ५० देखि ९० दिनसम्मका ७ केजीसम्मका कुखुरा रहेको उनले बताए ।

सीमावर्ती क्षेत्रका केही कुखुरापालक किसानले समेत भारतीय खुकुरा ल्याएर खोरमा हाल्ने र बेच्ने गरेको भट्टराईले बताए । “सीमा क्षेत्रका केही कुखुरापालक किसानले भारतीय कुखुरा ल्याएर हाल्ने र बेच्ने गरेका छन्”, उनले भने, “यस्ता कारणले पनि नेपाली कुखुरापालक मारमा परेका छन् ।”

झापाको सीमावर्ती क्षेत्रबाट भारतीय कुखुराको आयातका कारण नेपाली कुखुरापालक किसान थप मारमा परेका हुन् । झापाको कचनकवलस्थित बनियानी र मेचीनगरको बाहुनडाँगी क्षेत्रबाट प्रहरी र व्यापारीको मिलेमतोमा भारतीय कुखुरा भित्रिने गरेको सङ्घको दावी छ ।

सीमा क्षेत्रबाट भारतीय कुखुरा आयात भइरहेको भन्दै सङ्घले जिल्ला प्रहरी कार्यालय झापालाई ध्यानाकर्षणसमेत गराएको छ भने जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र समेत बुझाएको छ । आफ्नो समस्या समाधानका लागि पहल गरिदिन जिल्लाका चार स्थानीय तह शिवसताक्षी, बिर्तामोड, भद्रपुर र दमक नगरपालिकामा ज्ञापन पत्रसमेत बुझाइएको सदस्य भट्टराईले जानकारी दिए ।

कुखुरापालक सङ्घ झापामा ५५० किसान (सरकारी कार्यालयमा दर्ताका फर्म) आवद्ध छन् भने करीब २०० किसान असङ्गठित रूपमा रहेका छन् । त्यस्तै, देशभर करीब एक लाख ७५ हजार किसान रहेको सङ्घले जनाएको छ ।

कुखुरापालनका लागि झापामा मात्र किसानले वार्षिक चल्लामा रू १३ करोड २० लाख र दानामा १६ करोड ५० लाख खर्च गर्ने गरेको सङ्घले जनाएको छ । त्यस्तै, जिल्लामा वार्षिक रू ८५ करोड २५ लाख मूल्य बराबरको ५० लाख केजी जिउँदो कुखुरा उत्पादन हुने गरेको सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस