२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अकविता

अ+ अ-

हरतरहले सुसज्जित बगरेहरूको
सुनियोजित मृत्यु उत्शवमा
बबुरो बाख्राको पाठोको याचनाको अविरल आँसु
उसैको भुत्ला खुइल्याउन भकभक उम्लिँदै गरेको
एक खुड्किलो पानीमा डुबेर विलीन हुन पुग्छ ।

अन्याय विरुद्ध हुकार गर्छु भन्ठानेर
डुक्रिनेहरुको कलिलो जवानी
कर्कलाको पानीजस्तै घामको एक छुल्कोसँग
पैठेजोरी खेल्न नसकेर
अघाउँजी रुनै नपाई सुकेर जान्छ ।

अनि अत्याचार विरुद्धको गधे पच्चिसी आक्रोश
हरेक सबाल्टर्न घाँटीमा बज्रिएर
अराजक सत्ताको सान बन्न पुगेको
आलो रगतले लत्पतिएको रक्तिलो कत्ती बनेर
बेपर्वाह चम्किन थाल्छ।

र आफैँलाई धिक्कार्न मन लाग्छ
आफू जोगी बनेर खरानी घस्न नसकेकोमा
अथवा ढोँगी भएर शकुनीहरूको
जय गान गाउन नसकेकोमा ।

आम ‘म’ हरूलाई एउटै सवाल छ यति बेला,
अवसरवादीहरूको हुलमा ठेलाम ठेल गर्दै
पोइला जान नचाहेर
आजका मितिसम्म यो थोत्रे खोपडीमा
धेरथोर मात्रामा बच्न सकेको निरीह विवेकलाई
निर्ममतापूर्वक बन्धक बनाएर
म कसरी स्वार्थको रापिलो भुग्रोमा पोल्दै
सेकुवा बनाएर ख्वामितहरुका खातिर
ज्युनार गर्न दिऊँ ?

आज भनिदिनुस् न,
स्व घोषित जीवन र जवानीविदहरु
शक्ति, स्वार्थ, उन्माद र सम्पत्तिको खातिर
समता, न्याय र बसुधैव कुटुम्बकमको सनातनी दर्शन
म कुन नीतिको जाँतोमा पिसेर
मिहीन सातु बनाऊँ ?
ताकि मेरो विवेक, बुद्धि र परिस्थितिको
समयमै सफल समायोजन होस् ?
र आफैँ शंखनाद गर्दै
एक भव्य समारोहबिच
यहाँहरूलाई नै साक्षी राखेर
म आफ्नै रङ्गिन र कलेजी सपनाहरूको
सामूहिक कत्ले आम गर्न सकूँ ?

प्रतिक्रिया दिनुहोस