पर्सा । पर्साको सखुवाप्रसौनि गाउँपालिकामा रहेको सेलरमिलमा आज बिहान आगलागी हुँदा नौ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
गाउँपालिकाकोे वडा नं ४ सोलखपुरमा रहेको ग्यासुदिन मियाँको धान कुट्ने सेलरमिलामा आगलागी भएको हो ।
बिजुलीको तार सट भई बिहान २ बजेदेखि आगलागीे भएको प्रहरी चौकी महुवनले जनाएको छ । सेलरमिलमा भएको आगलागीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा ल्याइएको प्रहरी चौकी महुवनका इन्चार्ज प्रहरी सहायक निरीक्षक जिवछकुमार शर्माले जानकारी दिए।
उनले आगलागीमा परी मिलभित्र भण्डारण गरी राखिएको धान, ब्राण्ड, सेलरमेशिन, दमकल, मोटर र नगद ७० हजार जलेर नष्ट भएको बताए ।
आगलागीमा परी नौ लाखभन्दा बढीको धनमाल जलेको हुन सकिने प्रहरीको भनाइ रहेको छ । रासस