२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रह्मदेव बजार–टनकपुर बाँध नजिकको सडक कालोपत्रे हुँदै

अ+ अ-

कञ्चनपुर । भीमदत्त नगरपालिकाले ब्रह्मदेव बजार जोड्ने टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रेका लागि लगत अनुमान तयार गरेको छ ।

यसअघि भारतले एकलौटी रूपमा नेपाली भूमि मिच्ने गरी ब्रह्मदेव बजारसम्मको सडक कालोपत्रे गर्न लागेकोे थियो । स्थानीय प्रशासनले नेपाली भूमिमा भारतलाई सडक बनाउन रोक लगाएपछि नगरपालिकाले आफ्नै लगानीमा कालोपत्रे गर्न लागेको हो ।

ब्रह्मदेव बजारसम्म जोड्ने बाँध पूर्वपट्टिको नेपाली भूमिको सडक आफ्नै लगानीमा बनाई कालोपत्रे गर्छौँ’ नगरप्रमुख सुरेन्द्र विष्टले भन्नुभयो, “कालोपत्रेका लागि लागत अनुमान तयार गरिएको छ, त्यसअनुसार बजेट व्यवस्था गरी कालोपत्रे शुरु गर्छौँ ।”

उक्त सडक कालोपत्रेत्रका लागि रु ८० लाखको बजेटको लाग्ने अनुमान गरिएको उक्त नगरपालिकाका भौतिक पूर्वाधार तथा योजना शाखा प्रमुख तथा इञ्जिनीयर जयराज भट्टले जानकारी दिए। उनका अनुसार १३५ मिटर लम्बाइको सडक १२ मिटर चौडा हुनेछ ।

भारतले टनकपुर ब्यारेजदेखि ब्रह्मदेव बजारसम्म सडक कालोपत्रे गर्न लागेकामा स्थानीयवासीले प्रशासनलाई जानकारी दिएपछि तत्काल काममा रोक लगाउनुपरेको थियो । नगरप्रमुख विष्टले भारतीय पक्षले नेपाली भूमिमा गर्न लागेको कालोपत्रे रोक्नका लागि कञ्चनपुरका सङ्घीय र प्रदेश सांसदसहित तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, सुरक्षा अधिकारीसितले पहल गरेका थिए ।

हामी अर्काको भूमि मिच्दैनौँ, आफ्नो एक इन्च पनि जमीन गुमाउँदैनौँ, आफ्नो भूमिमा हामी आफैँ सडक कालोपत्रे गर्छौँ, भन्दै त्यो बेला भारतलाई सडक कालोपत्रे गर्न रोक लगायौँ उनले भने, “ अब नगरपालिकाले त्यहाँ यसलाई छिट्टै कालोपेत्र गर्छ ।”

टनकपुर बाँधको पूर्वपट्टिको एफ्लेक्स बण्डमा ५७७ मिटर नेपाली भूमि प्रयोग गरिएको छ । बाँध बनाउने क्रममा सीमास्तम्भ हराएपछि सीमा विवाद बल्झिएको थियोे । सीमास्तम्भ नं ३ अहिलेसम्म गायब छ । त्यहीदेखि ब्रह्मदेव बजारसम्म नेपाली भूमि पर्छ । भारतले टनकपुरमा बाँध बनाउँदा सीमास्तम्भ गायब पारेको स्थानीयवासी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस