२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथिल्लो तामाकोशीको पैसा फिर्ता नपाएकालाई आवेदन दिन आग्रह

अ+ अ-

काठमाडौं । माथिल्लो तामाकोशीको साधारण शेयरमा आवेदन गरेका दोलखावासीले रकम फिर्ता नपाएको भन्दै गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन आग्रह गरेको छ ।

कम्पनीले आज एक सूचनामार्फत रकम रकमान्तर हुन नसकेका ५२ हजार आवेदकलाई आगामी पुस १ गतेदेखि आवेदन दिन आग्रह गरेको छ । शेयर आवेदकको नाम नमिलेको, बैंक खाता नम्बर नमिलेको, खाता रोक्का रहेका तथा ग्राहक परिचयपत्र नम्बर नबुझाएका र छ महिना भन्दा बढी समयसम्म कारोवार नभएको खाताले गर्दा आवेदकले रकम प्राप्त गर्न सकेका थिएनन् ।

रकम खातामा फिर्ता नभएका आवेदकको हकमा पुनःतथ्याङ्क रुजु गरी सम्बन्धित व्यक्तिलाई खातालगायत अन्य विवरण सच्याउन कम्पनीले आग्रह गरेको छ । कम्पनीले रकम प्राप्त गर्न नसकेका आवेदकलाई दरखास्त बुझाएकै दोलखाका सङ्कलन केन्द्र तथा काठमाडौं उपत्यकामा सनराइज क्यापिटल कमलपोखरीमा चेकमार्फत फिर्ता लिन अनुरोध गरिएको छ । चेकमार्फत रकम फिर्ता गर्दासमेत रकम फिर्ता भुक्तानी प्राप्त गर्न नसके सनराइज क्यापिटलमा सम्पर्क राख्न सूचनामा आग्रह गरिएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीका लागि साधारण शेयर बिक्री गरेको थियो । कम्पनीले दोलखावासीलाई रु एक अर्ब पाँच करोड ९० लाख बराबरको शेयर बिक्री गरेको थियो । उक्त शेयरमा दुई लाख ७६ हजार १९४ ले आवेदन दिएका थिए ।

रकम फिर्ता नपाएपछि दोलखावासीले गुनासो गर्दै आएका थिए । प्राप्त भएको गुनासो सम्बोधन गर्न कम्पनीले आफूले आवेदन गरेको कागजातसहित सम्बन्धित स्थानमा सम्पर्क राख्न अनुरोध गरेको हो । कम्पनीले दोलखावासीलाई बिक्री गरेको शेयरको बाँडफाँट गत कात्तिक १४ गते नै गरिसकेको छ । कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई बिक्री गरेको साधारण शेयरमा नपरेको रकम फिर्ता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस