अनावश्यक टिप्पणीले न्यायालय कमजोर हुन्छ : प्रधानन्यायाधीश मिश्र « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अनावश्यक टिप्पणीले न्यायालय कमजोर हुन्छ : प्रधानन्यायाधीश मिश्र


२५ मंसिर २०७५, मंगलबार


झापा । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अनावश्यक रुपमा गरिने टिप्पणीले न्यायालय कमजोर हुने बताएका छन् ।

नेपाल बार एशोसिएशनले आयोजना गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले न्यायालयलाई विकृतिमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले भने, “अदालतमा विकृति मौलायो, भ्रष्टाचार भयो भनेर मात्रै हुँदैन, कसले कहाँ कति लियो, त्यो पनि उजुरी गर्नुपर्छ ।”

उनले न्यायपालिकाको स्वतन्त्रता र निर्भिकताका लागि नेपाल बार एशोसिएशनको भूमिका प्रभावकारी हुनुपर्नेमा समेत जोड दिए। प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले न्यायालयलाई अझै जिम्मेवार र जवाफदेही बनाउन सकिए मात्रै जनताले न्यायको अनुभूति गर्न सक्ने बताए ।

बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले न्यायाधीश र कानून व्यवसायी सच्चिने भए ७५ प्रतिशत भ्रष्टाचार कम हुने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस