२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र ‘साइँली’को पहिलो गीत ‘नाच माया’ सार्वजनिक (भिड्योसहित)

अ+ अ-

काठमाडौं । चैत १५ गतेबाट सावर्जनिक हुन लागेको चलचित्र ‘साइँली’को पहिलो गीत सार्वजनिक भएको छ।

आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘नाच माया’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा सुशान्त गौतमको संगीत रहेको छ। हर्क साउदको शब्द समावेश उक्त गीतमा हेमन्त रानाले स्वर दिएका छन्।

विक्रम स्वाँरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, मेनुका प्रधान, केनिपा सिंहको नृत्य देख्न सकिन्छ। भिडियोमा मेनुका र गौरवको एक जोडी बाँधिएको छ भने दयाहाङ र केनिपा अर्को जोडी बनेका छन्।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा गौरव, मेनुका, दयाहाङ र केनिपासँगै माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतको मुख्य भुमिका रहेको छ।

विशाल गुरुङ र मोहन थापा निर्माताका रुपमा रहेको यस चलचित्रमा विजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह(निर्माता र मणिराम पोखरेल कार्यकारी निर्माताका रुपमा रहेका छन् भने कालीप्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत रहेको फिल्ममा शैलेन्द्र डि.कार्कीको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।

हेर्नुहोस् भिड्योसहित:

प्रतिक्रिया दिनुहोस