३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीति र प्रशासन सम्बन्ध र सीमा

अ+ अ-

निर्वाचनको माध्यमबाट शासन सञ्चालनको निमित्त्त छानिई आउने, जनताबाट प्राप्त अख्तियारीको जनताकै हितमा प्रयोग गर्ने संयन्त्र राजनीति हो भने मुलुकमा विद्धमान कानुनको अधीनमा रहेर योग्यता प्रणालीमा आधारित भई छानिने ब्यत्तिहरुको संयन्त्र जसले शासन सञ्चालनमा राजनीतिक संयन्त्रले अवलम्बन गर्ने नीति तथा कार्यक्रमहरूलाई जनतासम्म पुर्‍याउछ त्यो प्रशासन हो ।

राजनीति राज्यको इच्छा निर्धारण गर्ने अंग हो भने प्रशासन राजनीतिक इच्छालाई व्यवहारमा रूपान्तरण गर्ने वैधानिक संयन्त्र हो । प्रशासन र राजनीति एक अर्कामा अन्तर सम्बन्धित हुन्छन् । प्रशासनले नीति र निर्णय निर्माणमा राजनीतिको लागि इन्स्टिट्यूसनल मेमोरी र एडभाईजरी बोडीको रूपमा कार्य गर्दछ भने नीति निर्माणपश्चात् त्यसलाई जनताको घरदैलोसम्म पुर्‍याउन र सेवा र विकासको प्रवाह गर्न फंसनल  वडीको रूपमा कार्य गर्दछ ।

राजनीति र प्रशासनको सम्बन्ध कस्तो हुने भन्ने सन्दर्भमा इतिहासदेखि विभिन्न अवधारणाहरू रहँदै आएका छन् । अठारौँ शताब्दीसम्म राजनीति र प्रशासनलाई एउटै अर्थमा लिने गरेको पाइन्छ भने १९औँ शताब्दीको अन्त्यतिरबाटमात्र यसलाई फरक फरक ढङ्गबाट अध्ययन गर्न थालिएको पाइन्छ । विषेसगरी उड्रो विल्सनको पोलिटिक्स एडमिनिस्ट्रेटिभ डिकॉटॅमि सम्बन्धी अवधारणा बाहिर आएपछि राजनीति र प्रशासनलाई फरक फरक विषयको रूपमा अध्ययन गर्न थालियो । विल्सनले प्रशासन सञ्चालन गर्ने कर्मचारी कुनै पनि वादबाट ग्रसित हुँदैन र राजनीतिले पनि राजनीतिक विचारधाराकै आधारमा कर्मचारीमाथि कुनै पनि किसिमको विभेद गर्दैन भन्ने विचार ब्याक्त गरेका थिए ।

प्रशासन र राजनीति बिचमा के फरक छ त ?

राजनीति प्रशासन
राजनीतिले राज्यको इच्छा निर्धारण गर्दछ ।  प्रशासनले राजनीतिक इच्छालाई व्यवहारमा रूपान्तरण गर्दछ ।
जनताले दिएको अख्तियारी जनताकै हितमा प्रयोग गर्छ  ।  राजनीतिले दिएको अख्तियारी जनताको हितमा प्रयोग गर्छ ।
जनताप्रति उत्तरदायि हुन्छ ।  सरकार र जनता गरी दोहोरो उत्तरदायित्व हुन्छ ।
राजनीतिक आइडियोलजीको आधारमा पक्षपाती हुन्छ । पक्षपातरहित आईडियोलॉजिकल्लि न्यूट्रल हुन्छ ।

राजनीति र प्रशासन बिचको सीमा कस्तो हुनुपर्छ ?

  • राजनीतिको डर प्रशासनलाई र प्रशासनको डर राजनीतिलाई हुन हुँदैन ।
  • प्रशासन राजनीति सँग बाई नेचर न्यूट्रल र बाई डिमाण्ड कमिटेड हुनुपर्छ भने राजनीति प्रशासनको अविभावक , संरक्षक र प्रशासनिक मामिलामा अहस्तक्षेपकारी हुनुपर्दछ ।
  • प्रशासनले कहिले पनि प्रशासनिक मर्यादा उलंघन गर्दैन ,उसले जुनसुकै दलको सरकार भए पनि इमानदारीपुर्वक सरकारलाई सहयोग गर्नुपर्छ ।
  • राजनीतिक विचारको आधारमा राजनीतिले प्रशासन र कर्मचारीप्रति भेदभाव गर्दैन ।
प्रतिक्रिया दिनुहोस