२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐतिहासिक राधाकृष्ण मन्दिरको ताम्रपत्र अनावरण

अ+ अ-

काठमाडौं । उपराष्ट्रति नन्दबहादुर पुनले नागार्जुन नगरपालिकामा बन्न लागेको ऐतिहासिक राधाकृष्ण मन्दिरको आज ताम्रपत्र अनावरण गरेका छन् ।

जगद्गुरु कृपालु प्रतिष्ठान (जेकेपी), नेपालले नागार्जुन–७ मा १२५ रोपनी क्षेत्रफलमा छ अर्बको लगानीमा सो मन्दिर निर्माण गर्न लागेको हो । प्रतिष्ठानका अनुसार मन्दिर इटालियन मार्वलबाट कलात्मक बन्नेछ । मन्दिरको ताम्रपत्र अनावरण गर्दै उपराष्ट्रपति पुनले मन्दिरको निर्माणपछि नेपाल धार्मिक पर्यटकीयस्थलका रुपमा विश्वमाझ चिनिने विश्वास व्यक्त गरे । उनले नेपालको धार्मिक सहिष्णुता विश्वकै लागि उदाहरणीय रहेको उल्लेख गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाललाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विस्तार गर्न राधाकृष्ण मन्दिरको निर्माणले सहयोग गर्ने बताए । कार्यक्रममा जगदगुरु कृपालु परिषद्का प्रचारिकका डा. बागेश्वरी देवीलगायतलाई चाँदीमा कुदिएको सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जगदगुरु श्री कृपालु महाराजको पुस्तक ‘प्रेम रस सिद्धान्त’ विमोचन गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष राजुप्रसाद कँडेलले ऐतिहासिक राधाकृष्ण मन्दिर कङ्क्रिटको प्रयोग नगरी चार वर्षभित्र निर्माण पूरा गर्ने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस