१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकाध घटनाका आधारमा प्रहरी सङ्गठनमाथि हिलो छ्याप्न हुन्न : महानिरीक्षक खनाल

अ+ अ-

नुवाकोट । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एकाध घटनालाई आधार मानेर प्रहरीमाथि पटकपटक हिलो छ्याप्न नहुने बताएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकारण कोषको लगानीमा नेपाल प्रहरीका लागि विदुरमा निर्मित तीन वटा भवनको आज छुटाछुट्टै उद्घाटन गर्दै उनले भने, “केही घटनाले नेपाल प्रहरीको क्षमतामा प्रश्न चिह्न उठेको छ तर प्रहरी सङ्गठनले मनोबल नगिराई काममा अघि बढिरहेको छ, महिलामाथि हुने हिंसा र अपराधका घटनामा प्रहरी अनुसन्धान ९७ दशमलव ५ प्रतिशत सफल छ, एकाध घटनाको आधारमा प्रहरी सङ्गठनमाथि हिलो छ्याप्न हुन्न ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले सुविधासम्पन्न भवनबाट प्रहरीले सेवा प्रवाह गर्दा सहज हुने विश्वास व्यक्त गरे ।

प्रदेश नं ३ प्रहरी कार्यालयले निर्माण गरेको ती भवनमध्ये जिल्ला प्रहरी कार्यालयको हातामा कूल रु एक करोड ७१ लाख १५ हजार ८३२ को लागतमा दुईतले १२ कोठे प्रहरी अधिकृत आवास तथा जुनियर प्रहरी व्यारेक भवन रहेका छन् ।

त्यस्तै कूल रु एक करोड ३३ लाख आठ हजार ६३७ को लगानीमा अस्थायी प्रहरी पोस्ट र रु एक करोड २८ लाख ५१ हजार ४४५ को लगानीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भएको नुवाकोटका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस