काठमाडौँ । काठमाडौँमा आयोजित एशिया प्यासिफिक समिटलाई लिएर विभिन्न खाले टीकाटिप्पणीहरू शुरु भएका छन् ।
कार्यक्रममा सरकारको सहभागिताबारे चौतर्फी आलोचना भइरहँदा सत्ताधारी दल नेकपाकै नेताहरूलेसमेत सामाजिक सञ्जालमा प्रश्न उठाएका छन्।
नेकपाका नेता भीम रावलले शुक्रवार ट्विट गर्दै कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन भनेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रिय हित र कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु पर्यो। शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ। नभने सरकारले खोजेर भन्नु पर्छ।’
कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रीय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु परयो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ ।
— Bhim Rawal (@BhimRawal179) November 30, 2018
यसैगरी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि कार्यक्रमको विरोधमा ट्विट गरेका छन्।
राष्ट्रवादको वैशाखी टेकेर सत्तामा पुगेका कमरेडहरूले एउटा धार्मिक एनजीओको लोभमा फसेर देशको छवि रसातलमा पुर्याउने भए भन्दै सरकारको कडा आलोचना गरेका भट्टराईले लेखेका छन् –’आर्थिक दरिद्रताको उपचार हुन्छ तर नैतिक दरिद्रताको कुनै उपचार हुन्न१२दिन सडक जाम जनताले सहलान् तर देशको यो अपमान सहन्नन् है !’
त्यसै त विश्व रंगमंचमा गुम्दैगएको नेपालको छवी ‘राष्ट्रबाद’को वैशाखी टेकेर सत्तामा पुगेका ‘कमाउरेड’हरूले एउटा धार्मिक एनजीओको लोभमा फसेर रसातलमै पुर्याउने भए!आर्थिक दरिद्रताको उपचार हुन्छ तर नैतिक दरिद्रताको कुनै उपचार हुन्न!२दिन सडक जाम जनताले सहलान् तर देशको यो अपमान सहन्नन् है!
— Baburam Bhattarai (@brb1954) November 30, 2018
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री कमल थापाले धर्मप्रचारक संस्थाको कार्यक्रम आएकालाई राजकीय स्वागत गरिएको भन्दै विरोध गरेका छन्।
धर्मप्रचारक संस्थाद्वारा आयोजित विवादास्पद भेलामा सहभागी पाहुनाहरूलाई जुनतहबाट राजकीय सम्मानरस्वागत अर्पण गरिएको छ,त्यो अवांछित छ।प्रचलित कूटनीतिक मान्यता अनुकूल पनि भएन।स्वागत हुनुपर्छ तर मर्यादा विपरीत होइन।जनतालाई सास्तिदिने जोर बिजोर गलतरअनाबश्यक छ।यो ज्यादतीको भर्त्सना गर्दछु
धर्मप्रचारक संस्थाद्वारा आयोजित विवादास्पद भेलामा सहभागि पाहुनाहरुलाई जुनतहबाट राजकिय सम्मान/स्वागत अर्पण गरिएको छ,त्यो अवांछित छ।प्रचलित कुटनीतिक मान्यता अनुकुल पनि भएन।स्वागत हुनुपर्छ तर मर्यादा विपरित होईन।जनतालाई सास्तिदिने जोरबिजोर गलत/अनाबश्यक छ।यो ज्यादतिको भर्त्सना गर्दछु
— Kamal Thapa (@KTnepal) November 29, 2018