२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला हिंसाका घटनामा ६५ प्रतिशत घरेलु हिंसा

अ+ अ-

ललिलतपुर । देशभरमा भएका महिला हिंसाका घटनामा ६५ प्रतिशत घटना घरेलु हिंसाका भएको पाइएको छ ।

महिला हिंसाको १ वर्षको तथ्याङ्क समेटेर महिला पुनस्थापना केन्द्र(ओरेक)ले सार्वजनिक गरेको पुस्तक ‘अन्वेषी’ का आधारमा घरेलु हिंसाका घटना बढेको पाइएको हो । प्रत्येक वर्ष नोभेम्वर २५ (महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवातको दिन) पारेर पुस्तक सार्वजनिक गर्दै आएको ओरेकले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा आयोजना गरेको कार्यक्रममा हिंसाका घटना र उजुरी दुबै बढेको उल्लेख गरेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले स्थानीय निकायमा महिला प्रतिनिधित्व बढ्नु महिला हिंसा न्यूनीकरणका लागि सम्भावनाका रुपमा रहेको बताए। उनले भने, ‘प्रत्येक वडामा निर्वाचित भएका महिला सदस्यमार्फत हिंसा न्यूनीकरण गर्न सकिन्छ ।’

आयोगले न्यायिक समितिका पदाधिकारीलाई तालीम दिइरहेको उनले बताए ।
अतिरिक्त प्रहरी महानिरीक्षक ठूले राइले हिंसा न्यूनीकरणमा नेपाल प्रहरीका सबै तह लागेको बताए । उनले भने, ‘स्थानीय निकाय र अधिकारकर्मीसँग सहकार्य बढाउन हामी चाहन्छौं ।’

पत्रकार टङ्क पन्तले पछिल्ला वर्षमा मिडियाले महिला हिंसाका घटनालाई प्राथमिकता दिइरहेको बताए । ओरेककी केन्द्रिय सदस्य दुर्गा कार्कीले नेपाल प्रहरीले महिला हिंसासम्बन्धी तथ्याङ्क व्यवस्थित गर्नुपर्ने औंलाए ।

प्रतिक्रिया दिनुहोस