डडेलधुरा । डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको बस रडुवा खोलामा दुर्घटना हुँदा १६ जनाको मृत्य भएको भने २६ भन्दा बढी घाइते भएका छन् । ६ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । डोटीको पिसजोन विद्या निकेतन स्कूलको बस दुर्घटनामा परेको हो।
डा. केआइ सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ बस खोलाको खोंचमा खस्दा ज्यान गुमाउनेको संख्या अझ बढी हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार उग्रतारा जात्राबट फर्कंदै गरेको बस सडक देखि ३ सय मिटर तल खसेको हो।
घटना स्थलमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन।