२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बिना बर्दीका पुलिस’ बोलको गीत लोकार्पण

अ+ अ-

काठमाडौं । नागरिक(प्रहरी सहकार्यमा जनचेतनामूलक कार्यक्रम अन्तर्गत ‘बिना बर्दीका पुलिस’ बोलको गीत नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा शुक्रबार आयोजित विशेष कार्यक्रमबीच लोकार्पण भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र वरिष्ठ संस्कृतविद सत्यमोहन जोशीले संयुक्तरुपमा उक्त गीत लोकार्पण गरे । लोकार्पणको क्रममा सो गीतका गायक विजय मानन्धरले उक्त गीत लाइभ गाएका थिए।

समारोहमा प्रहरी महानिरीक्षक खनालले गीतको लोकार्पण पश्चात स्रष्टाहरुबाट सेवामा समर्पित रहने खालको गीतहरुले अहोरात्र राष्ट्र र नागरिकको सेवामा समर्पित भई खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरुमा थप उर्जा प्राप्त भएको बताए । नेपाल सरकारले अंगिकार गरेको नीति राष्ट्रको मात्र नभई सम्पूर्ण नागरिकको चाहना रहेको चर्चा गर्दै उक्त चाहनालाई मूर्तरुप दिनका लागि प्रहरी संगठन सदैव क्रियाशील रहेको उनले उल्लेख गरे ।

उक्त अवसरमा वरिष्ठ संस्कृतविद सत्यमोहन जोशीले नेपाल प्रहरीमा नयाँ नेतृत्वसँगै प्रहरीले प्रवाह गर्ने सेवामा थप गतिशिलता तथा नविन तौरतरिका आएको चर्चा गर्दै सवै नागरिक विना बर्दीका प्रहरी भएकोले सवैले आआफ्नो ठाउँबाट राष्ट्रको सेवा गर्न यो गीत मार्फत थप प्रेरणा मिल्ने बताए ।

‘बिना वर्दीका पुलिस’ बोलको गीतका रचनाकार रमेशचन्द्र अधिकारी, संगीतकार भूपेन्द्र रायमाझी र गायक विजय मान्नधर रहेका छन् । उक्त गीतका गीतकार रमेशचन्द्र अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, राष्ट्रिय अनुसन्धानका विभागका अधिकृत, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक, संचारकर्मी लगायत प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस