२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिजुलीको उज्यालोसँगै स्थानीय बासिन्दा हर्षित

अ+ अ-

पाल्पा ।  टुकी बत्तीको भरमा रात बिताएका यहाँका स्थानीयवासी पहिलो पटक घरमा विद्युत जडान गरी उज्यालोमा बस्न पाएपछि निकै नै खुसी भएका छन् ।

टुकी बत्तीको भरमा वर्षैदेखी बस्न बाध्य भएका यहाँका बस्तीमा विद्युत् विस्तारसँगै यहाँका स्थानीय बासीका अँध्यारोमा रात बिताउनु पर्ने समस्या समेत टरेको छ । तिनाउ गाउँपलिकाको ६७ लाख ७४ हजार आर्थिक सहयोग र नेपाल विद्युत् प्राधिकरण पाल्पाको प्राविधिक सहयोगमा तिनाउ गाउँपालिका–४ सत्यवतीस्थित बोङरी टोलमा विद्युत् विस्तार गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए ।

उपभोक्ता समितिका अध्यक्ष तथा स्थानीयवासी अनिल कनौजेले नौ वर्षअघिदेखि गाउँमा विद्युत् ल्याउने सपना पूरा भएको बताए । विद्युत् सुविधाले गर्दा रेडियो, मोबाइल, टेलिभिजनको पहुँचमा सहज भएको छ । वर्षौंसम्म टुकी बत्तीको भरमा बस्नु परेको पीडालाई भुलेर गाउँमा उज्यालोमा पढ्न पाउने भएपछि स्कुले बालबालिकादेखि वृद्ध तथा युवासमेत खुशी देखिएका छन् ।

विद्युत् विस्तारले बोङरी टोलमा १३७ घरधुरीमध्ये ६४ घरपरिवारमा विद्युत् जडान गरी बत्ती बालेका छन् । बस्ती नै उज्यालो बनेपछि स्थानीय बासिन्दा खुशी बनेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।

महङ्गो मट्टितेल खरिद गरी टुकीका भरमा रात बिताउँदा स्थानीयवासीमा स्वास्थ्य समस्या हुँदै आएको थियो । विद्युत् विस्तारसँग कुटानी पिसानी मिल, फर्निचर उद्योग, खाना पकाउन, साना उद्योग सञ्चालनमा सहज भएकोे उनीहरुको भनाइ छ । विद्युत् अभावका कारण सानातिना कामका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेपछि अहिले स्थानीयवासी हर्षित भएका छन् ।

तिनाउ गाउँपालिकाको दुर्गम मानिने सो टोलमा विद्युतीय सेवाकोे पहुँचले जनताको जीवनस्तर माथि उकास्न महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । नेपाल विद्युत् प्राधिकरण पाल्पाका प्रमुख रामु श्रेष्ठले जनताको निरन्तर प्रयासका कारण गाउँबस्ती उज्यालो बनेको बताए।

प्रतिक्रिया दिनुहोस