३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको क्यान्सर

अ+ अ-

चौतारा । रोग लागेर अशक्त नभएसम्म स्वास्थ्य परीक्षण नगराउने ग्रामीण भेगका अधिकांश महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर फेला परेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित साँगाचोकमा सोमबार आयोजित स्तन तथा पाठेघरको मुखको निःशुल्क स्वास्थ्य परीक्षणबाट सो तथ्य फेला परेको हो ।

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोकथाम विशेषज्ञ डा किशोर प्रधानाङको नेतृत्वमा सात जना स्वास्थ्यकर्मी सहभागिता रहेको शिविरमा ३०० महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । नगरपालिकाले आयोजन गरेको सो शिविरको थाहा फाउण्डेशनले समन्वय गरेको थियो ।

उक्त शिविरमा १८० जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकोमा १५० जनामा सङ्क्रमण देखिएको थियो । त्यस्तै तीन जनामा सङ्क्रमणको पूर्व अवस्थाका बिरामी फेला परेका थिए । परीक्षणबाट पाठेघरको मुखमा मासु पलाएका सात जना, आङ खसेको छ जना र पाठेघरको मुख र ग्रन्थीकोे क्यान्सर दुई जनामा फेला परेको थियो ।

त्यसैगरी २०२ महिलाको स्तन क्यान्सरको परीक्षण गरिएकामा तीन जनामा क्यान्सरको सम्भावना देखिएको थियो भने तीन जनाको स्तनमा गाँठा फेला परेको थिए । शिविरमा दुई हजार ५०० लाई जनचेतानासम्बन्धी परामर्श प्रदान गर्नुका साथै २०० लाई निःशुल्क औषधि प्रदान गरिएको नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले जानकारी दिए ।

शिविर शुभारम्म कार्यक्रममा नगरपालिकाका प्रमुख अमानसिं तामाङ र थाहा फाउण्डेशनका अध्यक्ष सरु दाहालले स्वास्थ्य शिविर सञ्चालन गर्नुको औचित्य र उद्देश्य माथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस