३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य संस्थामा औषधि अभाव

अ+ अ-

महोत्तरी । गौशाला नगरपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि उपचारका लागि गएकाहरू रित्तै फर्किन थालेका छन् । यहाँका सरकारी स्वास्थ्य केन्द्रहरूमा सरकारद्वारा निःशुल्क रुपमा उपलब्ध गराइने औषधिहरु नहुँदा उपचार गराउन जाने बिरामीहरू मार्कामा परेका हुन् ।

यहाँका स्वास्थ्य केन्द्रमा औषधि नभएपछि उपचारका लागि आउने बिरामीबाट गाली खानुपरेको निगौल स्वास्थ्य चौकीका इञ्चार्ज अर्जुनबहादुर बोहराको गुनासो थियो । उनन्चालिस किसिमका औषधि एक हप्तादेखि अभाव भएकाले सम्बन्धित निकायमा जानकारी गराइसकेको उनले बताए। दैनिक २० जनाको हराहारीमा उपचारका लागि आउने बिरामीलाई अहिले निजी क्लिनिकमा गएर उपचार गराउनुपर्ने बाध्यता रहेको इञ्चार्ज बोहराले बताए । स्वास्थ्य चौकीमा शौचालय र खोनपानीकै सुविधा नहुँदा सेवाग्राहीलाई झनै अपठेरो पनि हुँदै आएको छ ।

त्यस्तै नगरपालिकाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्थाका रुपमा परिचित रहेको गौशाला प्राथमिक स्वास्थ्य चौकीमा पनि सिटामोल अभाव छ । चिकित्सक मनोज साहका अनुसार निःशुल्क रुपमा ५८ प्रकारका औषधि उपलब्ध गराउने स्वास्थ्य संस्थामा सिटामोलसमेत नपाएपछि बिरामी आक्रोशित हुँदै आएका र बीमा गराएकाहरु समेत खाली हात फर्किनुपरेको छ । स्वास्थ्य चौकीमा एक्स–रेको अभाव भएको र एम्बुलेन्ससमेत पुरानो भएकाले नगरप्रमुखलाई समेत जानकारी गराइसक्दा पनि कतैबाट सुनवाई हुन नसकेको उनको भनाइ थियो । वडा नं १ मा रहेको रामनगर स्वास्थ्य चौकीमा पनि औषधि अभाब भएको जनाइएको छ ।

जनस्वास्थ्य सहसंयोजक अशोककुमार महतोले यहाँका छ स्वास्थ्यचौकी र एक प्राथमिक स्वास्थ्यचौकीमा औषधि अभाब भएको नगरपालिकामा जानकारी गराइसकेको बताए । एक महीनाअगाडि नै १५ लाख बराबरको बजेट औषधि खरीदका लागि बजेट उपलब्ध गराइए पनि प्राविधिक कारणले ठेक्का प्रक्रिया अगाडि बढाउन नसकिएको उनले जानकारी दिए। यहाँको स्वास्थ्य स्थितिबारे प्रदेशसभासदस्य भरत साह, प्रतिनिधिसभासदस्य दिलकुमारी साह, नगरप्रमुख शिवनाथ महतोलाई समेत आफूले बारम्बार अवगत गराइसकेको तर कुनै किसिमको सुनवाइ हुन नसकेको सहसंयोजक महतोले बताए । बाह्र वटा वडा रहेको उक्त नगरपालिकामा छ स्वास्थ्य चौकी र एक प्राथामिक स्वास्थ्य केन्द्र छन् । रासस

प्रतिक्रिया दिनुहोस