२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा अब खेल पर्यटनको ‘केन्द्र’मा विकास हुँदै

अ+ अ-

काठमाडौैं । पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि ‘केन्द्र’ बनाउने उद्देश्यसहित अर्को सातादेखि ‘पोखरा प्रिमियर लिग’ शुरु हुँदैछ ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।“नेपालकै पर्यटकीय नगर पोखरामा पोखरा प्रिमियर लिग कात्तिक ९ देखि २० गतेसम्म आयोजना गर्दैछौँ । हामी यसको अन्तिम तयारीमा छौँ । प्रतियोगिता नजिक आइसकेकाले स्वाभाविक रुपमा व्यस्त नै छौँ”, उनले भने ।

“मुम्बईबाट क्युरेटर मगाएर चार स्थानमा पिच गरिसकेका छौँ । कीर्तिपुरबाट ग्राउण्ड स्टाफ लगेर आउटफिल्डको काम पनि अन्तिम चरणमा पुर्‍याएका छौँ । दर्शकका लागि अस्थायी प्यारापिट निर्माण पनि अन्तिम अवस्थामा पुर्‍याएका छौँ । प्लेयर बक्स, मिडिया बक्स, भिआइपी बक्सलगायत निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ”, निर्देशक लामाले भने ।

पोखरा रङ्गशालाबाट माच्छापुच्छ्रे र अन्नपूर्ण शृङ्खला स्पष्ट देखिन्छ । पोखरा प्रिमियर लिगमा अन्तर्राष्ट्रिय खेलाडीको पनि उपस्थिति हुने भएकाले विश्वमै पोखरा बारे राम्रो सन्देश जन्छ । यसले गर्दा सरकारको नेपाल भ्रमण वर्षको अभियानमा पनि सहयोग पुग्ने आयोजकको विश्वास छ । क्रिकेट लिगले खेलाडीको व्यावसायिकतासँगै पोखराको पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुग्ने आशा गरिएको छ ।

पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले समेत मान्यता दिएको छ । पिपिएलले नेपालको क्रिकेट विकासमा सहयोग तथा नयाँ खेलाडीको प्रतिभा पहिचानमा समेत मद्दत पुग्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरेको निर्देशक लामाको भनाइ छ ।यसअघि प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की खेलाडीको टुङ्गो लागिसकेको छ ।प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् ।

चितवन राइनोजको टोली स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् । त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्वमा पूर्व क्रिकेटर तथा व्यवसायी पारस लुनियासहितको टोली र मार्की प्लेयरमा सन्दीप लामिछाने छन् ।

बुटवल ब्लास्टर्सको टोली स्वामित्वमा रामबहादुर विष्टसहितको व्यावसायिक युवा टोलीे छ भने मार्की प्लेयरमा सोमपाल कामी छन् । पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेली सहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर छन् ।एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी रहेका छन् । हुलास काठमाडौं रोयल्सको टोली स्वामित्वमा राज्यलक्ष्मी गोल्छा र मार्की प्लेयरमा ज्ञानेन्द्र मल्ल छन् ।

प्रतियोगितको विजेताले रु २५ लाख पुरस्कार पाउनेछ भने प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक–एक थान मोटरसाइकल पाउनेछन् । प्रतियोगिताको बैंकिङ पार्टनर नविल बैंक रहेको छ भने हस्पिटालिटी पार्टनरमा ओयो र मेडिकल पार्टनरमा ग्राण्डी अस्पताल रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस