काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ।
७४ वर्षिय बाँस्तोलाको शनिबार साँझ ९ बजेर २० मिनेटमा खुमलटारस्थित निवासमा निधन भएको हो।
२०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालार्इ सम्बोधन गर्दागर्दै लडेका बाँस्तोलालाई त्यतिबेला मस्तिष्कघात भएको थियो।
बाँस्तोलाको भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँव र काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएपनि उपचार सम्भव नभएपछि पछिल्लो समय घरमै चिकित्सकहरूको निगरानीमा राखिएको थियो।
बाँस्तोलाको स्वास्थ्यअवस्था शनिबार बिहानदेखि अत्यन्त गम्भीर भएको थियो। नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य रहेका बाँस्तोला पूर्वमन्त्री पनि हुन्। उनी भारतका लागि पूर्वराजदूतसमेत रहिसकेका थिए।
कांग्रेसका पुराना नेता बास्तोलाका श्रीमति र दुई छोरी छन्।