काठमाडौँ । प्रहरीले जुवाडे अखडामा छापा हान्न्न पुग्दा भागदौडका क्रममा दुई जनाको मृत्यु भएको छ भने २३ जना पक्राउ परेका छन् । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ छन् ।
प्रहरी परिसर काठमाडौंले शुक्रबार राति साढे ९ बजे मुलपानी–७ का तेन्दु शेर्पाको घरमा पुग्ने वित्तिकै भागाभाग भएको थियो । सो क्रममा झ्यालबाट हाम फाल्दा दई जनाको मृत्यु भएको हो । संगठित रुपमा जुवा खोलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
साढे ३ तलाको घरको तेस्रो तलामा जुवा खेलिरहेकाहरुले प्रहरी आएको थाहा पाएपछि झ्यालबाट हाम फालेका थिए । परिसर काठमाडौंकाअनुसार हाम फाल्ने घले र तामाङको उपचारका क्रममा राति नै मृत्यु भएको हो ।
प्रहरीले उनीहरुको साथबाट ४ लाख ४८ हजार रुपैयाँसहित एउटा कार र १० वटा मोटरसाइकलसमेत बरामद ।गरेको छ ।