२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपेक्षा बनिन् मिस मुस्ताङ

अ+ अ-

मुस्ताङ । थासाङ गाउँपालिका–१ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् ।

थाक खेलकूद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगीलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अपेक्षाले आइतबार ताज पहिरिएकी हुन् ।

भविष्यमा अभिनय र भलिबल खेलाडी बन्ने योजना बनाएकी अपेक्षाले मिस मुस्ताङको ताजसहित प्रमाणपत्र र ट्रफीसहित नगद रु दश हजार पुरस्कार प्राप्त गरेकी छिन् । नृत्य र निबन्ध लेखनमा रुचि भएकी अपेक्षाले मुस्ताङको पर्यटकीय र कृषि क्षेत्रको सम्भावनाको प्रचारप्रसारमा सक्रिय हुने प्रतिक्रिया दिइन् ।

लेतेकी सोनिया गर्बुजा फस्ट रनरअप र जोमसोमकी श्वेता बानिया सेकेण्ड रनरअप भएका थिए भने ट्यालेन्ट गल्र्सको उपाधि मार्फाकी सञ्जु जुहारचनले जितिन् । चार दिनसम्म मार्फामा सञ्चालन भएको ४८औँ थाक खेलकूद तथा सांस्कृतिक प्रतियोगिता आइतबार सकिएको छ ।

प्रतियोगिताको अधिकांश उपाधिमा निर्मल स्पोटिङ स्पोट्स क्लब लेतेले वर्चश्व जमाएको छ । पुरुष भलिबल र आर्चरीमा प्रथम भएको लेतेले महिला भलिबलमा दोस्रो भयो । पुरुष भलिबलमा सिस्स सोल्टी युवा क्लब घाँसा द्वितीय, महिला भलिबलमा धवलागिरि युवा क्लब कोवाङ प्रथम र आर्चरीमा नीलगिरि युवा क्लब टुकुचे उपविजेता भएका छन् ।

पुरुष, महिला र आर्चरी प्रतियोगिताको विजेता र उपविजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः नगद ४० हजार, २५/२५ हजार, १५/१५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

सङ्घका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचन, प्रजिअ शिशिर पौडेल, स्थानीय तहका जनप्रतिनिधिले पुरस्कार वितरण गरेको कोषाध्यक्ष शर्मिला गुरुङले जानकारी दिइन् । रासस

प्रतिक्रिया दिनुहोस