२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकैमा डाँठ कुहिने रोग देखापरेपछि किसान…

अ+ अ-

तुलसीपुर । धान र मकै बालीमा विभिन्न रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग र मकैमा डाँठ कुहिने रोग देखापरेपछि किसान चिन्तित भएका छन् ।

धानमा रोग देखापरेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् । ‘‘गबारो रोगले धान बाली सखाप पार्न थाल्यो,’’ तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीका राजन चौधरीले भने । धान बालीमा रोग देखिएपछि किसान कृषि सेवा केन्द्र धाउन थालेका छन् । “दिनहुँ किसान धानको बोट बोकेर आउन थालेका छन्,” तुलसीपुरस्थित एग्रो नेपाल प्रालिका प्राविधिक माधव केसीले भने।

जिल्लाका बाघमारे, शान्तिनगर, पवननगर, हलवार, मानपुर, टरिगाउँ, डुरुवा र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा धान बालीमा गबारो रोग देखिएको छ । ‘‘डाँठ कुहिने रोगले मकैसमेत सखाप भयो,’’ तुलसीपुर–२ का प्रकाश खड्काले भने । उनको सात कट्ठा जग्गामा लगाएको मकै सो रोगले नष्ट भएको छ ।

अधिकांश किसानको खेतमा धान बालीमा गबारो र ब्लास्ट रोग देखापरेको तुलसीपुर उपमहानगरपालिका कृषि सेवा केन्द्रका प्रमुख तिलकबहादुर केसीले बताए। “कतैकतै खैरो रोगसमेत लागेको गुनासो आएको छ,” उनले भने । रोगको प्रकृति हेरेर औषधि प्रयोग गर्न सुझाव दिएको उनले बताए । धेरैजसो हाइब्रिड जातको धानमा सो रोग देखापरेको छ ।

धान बालीमा लागेको रोग समयमै उपचार गरे हटेपनि मकै बाली जोगाउन मुश्किल भएको छ । माटोमा अम्लियपना बढेपछि मकै बालीमा डाँठ कुहिने रोग देखापर्छ । समाधानका लागि बाली लगाउनुपूर्व माटोको उपचार गर्नुपर्ने प्राविधिकले सुझाव दिएका छन् । धान बालीमा ब्लास्ट रोगका लागि ‘हेक्जाकोनाजोल’ तथा नेटिभो वाण र गबारोका लागि ‘कोलेरो पाइरिफस्ट’ वा साइपरमेथ्रिन साँझ वा बिहान प्रयोग गर्न प्राविधिकले किसानलाई सल्लाह दिएका छन् । जिल्लामा करीब २३ हजार हेक्टरमा मकै बाली र ३६ हजार हेक्टरमा धान खेती गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस