२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाल्टो

अ+ अ-

कुन खाल्टोको कुरा गरेको हो तिमीले ?
जसको नामै ‘नेपाल खाल्टो’ हो, त्यसैको हो कि ?
कि वैदेशिक ऋणले नेपालीको भाग्यमै परेको खाल्टोको कुरा हो ?
वा अस्ति झरी पर्दा धुरीबाट पानी चुहेर मझेरीमा परेको खाल्टोको कुरा हो ??

कुन खाल्टोको चर्चा गरेको हो तिमीले ?
जसको नियति नै निरन्तर खाल्टो पर्नु मात्रै हो, त्यसैको हो कि ?
कि गरिबीले खान नपाएर वैशमै परेका गालाका खाल्टोको कुरा हो ?
वा अस्ति नै बन्दुकको नालबाट निस्केको गोलीले वलेशीमा पारेका खाल्टोको कुरा हो ??

कुन खाल्टोको यादले बेचैन बनायो भनेको हो तिमीले ?
सिंहदरबारको गेटमै अस्ति नै देखि परेको खाल्टो हो कि ?
कि दसैँमा घर लिप्ने माटो झिक्दै गरेकी ती दूधे नानीकी आमा च्याप्पिएका मडकिल्लो खाल्टोको कुरा हो ?
वा अस्ति साइलाले जागिर नपाएर सर्टिफिकेट लगेर पुरेको खाल्टोको कुरा हो ??

कुन खाल्टोको पुर्ने कुरा गरेको हो तिमीले ?
पोहोर साल सहर छताछुल्ल पार्छु भनेर मेलम्चीले खनेको खाल्टोको हो कि ?
कि लौ मेलम्ची नआउने भयो भनेर उफ्रिदा परेको खाल्टोको कुरा हो ?
वा अनाहकमा दुष्टहरूले नानीबाबुहरूका लास पुरेका खाल्टाहरूको कुरा हो ??

म भन्छु– कुन खाल्टाको कुरा हो ?
ऊ भन्छ– अस्ति पाहुना आउँदा पुरेका खाल्टाहरूको कुरा हो,
आउँदा खाल्टा पुरिए, जाँदा फेरि खाल्टा परे,
खाल्टा पुर्दापुर्दै आफैलाई पुर्ने खाल्टोचाहिँ कसले खनिदेला ?, कसले पुरेर छोपिदेला ?
त्यसमाथि एउटा खाल्टो खनेर चन्द्र–सूर्य अंकित झन्डा फहरा दिने को होला ?

प्रतिक्रिया दिनुहोस