२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूध बिक्रीबाट मनग्य आम्दानी

अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–४ सिंगाका किसानले दूध बिक्री गरी मनग्य आम्दानी गरेका छन् ।

दूध बिक्री गरेर यहाँका किसानले रु ५० लाखभन्दा बढी रकम गाउँ भित्र्याएका छन् । आव २०७४/७५ मा यहाँका किसानले सिंगास्थित जनभावना दुग्ध सहकारी संस्थामार्फत ७७ हजार ९५५ लिटर दूध बिक्री गरेको सो सहकारीका व्यवस्थापक कोपीलाल पौडेलले जानकारी दिए । यहाँको दूध सहकारीले सदरमुकाम बेनी र तातोपानी बजारमा बिक्री गर्ने गरेको छ ।

सहकारीले किसानबाट प्रतिलिटर दूध ५७ देखि रु ५८ सम्ममा खरीद गर्ने गरेको छ । सहकारीले सो दूध डेरी उद्योगलाई प्रतिलिटर ६७ देखि ७५ सम्ममा बिक्री गर्छ । सहकारीले सिंगा, सुर्केमेला र ठूलोखोलाका किसानबाट दूध संकलन गर्दैआएको छ । सहकारीमा ५५ किसान आवद्ध छन् । “एक जनाले दैनिक ४५ लिटरसम्म दूध बिक्री गर्ने गर्छ,” व्यवस्थापक पौडेलले भने ।

सहकारीले दूध सङ्कलन गर्न थालेपछि बजारको समस्या टरेको स्थानीयवासी मीना खत्रीले बताए । दूध बेचेको पैसाले बालबच्चा पढाउन तथा घरखर्च चलाउन सहज भएको उनको भनाइ छ ।

बेनीमा वधशाला

सदरमुकाम बेनीमा व्यवस्थित वधशाला सञ्चालनमा आएको छ । बेनी नगरपालिकाले हाडेभिरमा यसै हप्तादेखि उक्त वधशाला सञ्चालनमा ल्याएको हो । उपभोक्ताको १५ प्रतिशतसहित १२ लाखमा वधशाला निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए ।

यहाँ दुई वधस्थल निर्माण गरिएको छ । वधशालाबाट निस्कने फोहर व्यवस्थित गर्न खाडल बनाइएको छ । खाडलमा जम्मा हुने फोहरलाई मल बनाइ बिक्री गरिनेछ । राँगा र भैँसी बाँध्न टहरा बनाइएको छ । यसअघि बेनीको खुल्ला मञ्च नजिकै तथा डल्लेपीपलमा अव्यस्थितरुपमा राँगा भैँसी वध गरिँदै आएको थियो । दुर्गन्धबाट वरपरका बस्तीका बासिन्दा प्रभावित भएका थिए । वधशाला निर्माणपछि मासु बिक्री गर्न सहज भएको व्यवसायीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस