काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ ।
प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने काईक्रम रहेको छ । सम्मेलनमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकले भाग लिँदै छन् ।
सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिने छन्।
शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा भाग लिन थाइल्याण्ड र बङ्गलादेशका प्रधानमन्त्रीबाहेक अन्य देशका विशिष्ट अतिथि काठमाडौं आइसकेका छन् । उनीहरू केही घण्टाभित्रै राजधानी आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं घोषणापत्र जारी गर्दै भोलि १५ गते शिखर सम्मेलन समापन कार्यक्र रहेको छ । सम्मेलनको समापन सँगै बिम्स्टकको अध्यक्षता श्रीलङ्काले गर्ने छ ।