२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ मुलुकी संहिता लागू भएसँगै पुरुषबाट हुँदैछन सम्बन्ध बिच्छेदका मुद्दा दर्ता

अ+ अ-

तुलसीपुर । सरकारले नयाँ मुलुकी एन लागू गरे सँगै अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् । सम्बन्ध बिच्छेदका लागि महिलालाई सोझै अदालत जाने व्यवस्था थियो तर कानूनी रुपमा पुरुषका लागि भने यो व्यवस्था थिएन । नयाँ मुलुकी संहिता (२०७४) यही भदौ १ गतेदेखि लागू भएको छ । जसमा पुरुषलाई पनि सोझै अदालत गइ सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराउने बाटो खुलेको छ ।

जिल्ला अदालत घोराहीका अनुसार सम्बन्ध बिच्छेदका लागि पुरुष पुग्न थालेका छन् । भदौ १ गते देखि अदालतमा सम्बन्ध बिच्छेदका लागि १५ मुद्दा दर्ता भएको जिल्ला अदालतघोराहीले जानकारी दिएको छ । जसमा एघार सम्बन्ध बिच्छेदका मुद्दा पुरुषले दर्ता गराएका छन् ।

श्रीमतीले घर व्यवहार चलाउन नसकेको, आफू वैदेशिक रोजगारीमा बस्दा पठाएको पैसा हिनामिना गरेको, विदेशबाट घर आउँदा श्रीमती घरमा नभएको, परपुरुषसँग सम्बन्ध राखेको लगायतका कारण देखाउँदै पुरुषले सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको जिल्ला अदालतले जनाएको छ ।

सम्बन्ध बिच्छेदका लागि आउनेमा ७३ वर्षका वृद्धसमेत रहेका छन् । गत आर्थिक वर्षमा ६६४ मुद्दा दर्ता भएका थिए । अदालतले ४९७ मुद्दाको फैसला गरेको थियो भने १६६ मुद्दाको फैसला हुन बाँकी छ ।

नयाँ संहिता लागू भएसँगै अदालतमा नयाँ प्रकृतिका मुद्दा आउन थालेको बताइएको छ । अब अदालतले सम्बन्ध बिच्छेदका मुद्दामा पक्ष र विपक्षलाई मेलमिलापकर्ताका माध्यमबाट सकेसम्म मिलाउने कोशिश गर्ने र मिल्नै नसक्ने अवस्था भए सम्बन्ध बिच्छेद गरिने जनाएको छ ।

यसअघि सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जाने तर पुरुषले भने गाउँ विकास समिति तथा नगरपालिकालगायतका विभिन्न प्रक्रिया पूरा गरेपछि मात्र सम्बन्ध बिच्छेदका लागि अदालत जान पाउने कानूनी व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस