२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरबार हाइस्कूल भवन शिलान्यास

अ+ अ-

काठमाडौं । नेपालको आधुनिक शिक्षाको अग्रणी शैक्षिक संस्था दरबार हाइस्कूल (भानु माध्यामिक विद्यालय) भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ ।

वि.सं. २०७२ वैशाखको विनाशकारी भूकम्पले १६५ वर्ष पुरानो सो विद्यालयको भवनलाई क्षति पु¥याएको थियो । सो भवनमा संस्कृत मावि पनि सञ्चालित रहेको थियो । हाल ती दुवै विद्यालय वाल्मीकि विद्यापीठको भवन रहेको चौरमा प्रि–फ्यावमा सञ्चालित छ । आज यहाँ आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चीनका राजदूत यु होङ्ले संयुक्तरुपमा भवनको शिलान्यास गरे ।

ऐतिहासिक रानीपोखरीको पश्चिम दिशामा रहेको करीब नौ रोपनी जमीनमा भवन बन्नेछ । चारतले यस भवनमा ४० कक्षाकोठा बन्नेछन् । बीस महिनाको अवधिमा करीब ८५ करोड लागतमा भवन बन्नेछन् ।

सो अवसरमा मन्त्री पोखरेलले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले चीन सरकारले भूकम्पबाट क्षति भएका शैक्षिक एवं पुरातात्विक धरोहर पुनःनिर्माण गर्न २५ वटा परियोजनामा सहयोग गरेकामा विशेष धन्यवाद दिँदै भवन निर्माणपछि विद्यालय सम्पूर्णतामा अगाडि बढ्ने विश्वास व्यक्त गरे । मन्त्री पोखरेलले तोकिएको समयमा विद्यालय भवन गुुणस्तरीयरुपमा तयार हुनेमा आफू विश्वस्त रहेको चर्चा गर्दै शैक्षिक उन्नयनमा दरबार हाइस्कूलको भूमिका अहम रहेको छ भने ।

नेपालका लागि चीनका राजदूत यु होङ्ले चीनले भूकम्पले क्षति पु-याएका नेपालका संरचनालाई पुनःनिर्माण गर्न सहयोग गरेका २५ वटा परियोजनामध्ये हालसम्म दुई वटा सम्पन्न भएका, १७ वटा निर्माणाधीन अवस्थामा रहेका र छ वटाको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए । उनले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको चर्चा गर्दै नेपालमा तीन तहको निर्वाचन सम्पन्न भई राजनीतिक स्थायित्व आएकामा चीन खुशी व्यक्त गर्दछ भने ।

वि.सं. १९१० मा राणाका छोराछोरी पठनपाठन गराउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका पालामा देशकै पहिलो विद्यालय स्थापना भएको थियो । शुरुमा विद्यालयमा पढ्न राणा प्रधानमन्त्रीले नै इच्छ्याइएको व्यक्ति हुनु पर्दथ्यो । वि.सं. २००७ मा प्रजातन्त्र आएपछि जनताको छोराछोरीले विद्यालयमा प्रवेश पाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस