२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरबाट उत्पादित कफीमा सिन्दुरे रोग फैलँदै

अ+ अ-

ललितपुर । चार वर्ष पहिले ललितपुरको ठूलादुर्लुङमा उत्पादन भएको कफीबाट पत्ता लागेको सिन्दुरे रोग विभिन्न जिल्लामा फैलिएको छ ।

कफी उत्पादन हुने कास्की, स्याङ्जा, सिन्धुपाल्चोक, काभ्रेपालाञ्चोक, मकवानपुर लगायतका जिल्लामा सिन्दुरे रोग फैलिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जनाएको छ । बाली रोग विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक चेतना मानन्धर हावाबाट सिन्दुरे रोग फैलने बताउँछन् । उनी भन्छन्, ‘हावाबाट सर्ने भएकाले सिन्दुरे रोग अरू जिल्लामा समेत फैलन सक्छ ।’

शुरुमा पातको माथिल्लो भागमा सानो पहेँलो धब्बाबाट शुरु हुने सिन्दुरे रोगको उपचार नहुँदा बोट नै मरेर जाने उनले बताए । उनले भने, ‘यो रोग लागेपछि बेला नहुँदै पात झर्छ र प्रकाश संश्लेषण प्रक्रिया कमजोर बन्छ ।’

नेपालमा उत्पादन हुने कफी प्राङ्गारिक भएकाले विदेशमा समेत माग बढिरहेको छ । त्यसैले रोगको व्यवस्थापन प्राङ्गारिकरहित तरिकाले गर्नुपर्ने मानन्धर बताउँछन् । उनी भन्छन्, ‘हामीले गरिरहेको अध्ययनले पनि रासायनिक विषादिरहित तरिकाले यसको व्यवस्थापन सम्भव देखिएको छ ।’

कफीको ओसार–पसारमा निगरानी बढाउने र रोग अवरोधक जात लगाउँदा सिन्दुरे रोग लाग्ने सम्भावना कम गर्न सकिन्छ । उचित छहारी र बोटको काँटछाँटको व्यवस्था गरेर पनि सिन्दुरे रोगलाई कम गर्न सकिन्छ । तीनदेखि पाँच मिटरको फरकमा कफीका बिरुवा लगाउन र बगैँचाको सफाइमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

पोटासको प्रयोगले रोग बढाउने हुनाले किसानले मलखाद प्रयोग गर्दा नाइट्रोजन र फसफोरसको प्रयोग बढाउनुपर्छ । नेपालमा ४० वर्ष पहिले गुल्मीबाट कफीखेती शुरु भएको हो । अहिले ४२ जिल्लामा एक हजार ८०० हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको छ । सत्ताइस हजार किसान कफीखेतीमा संलग्न रहेका तथ्याङ्क छ । रासस

प्रतिक्रिया दिनुहोस