२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन कार्यालयमै निःशुल्क स्वास्थ्य परीक्षण

अ+ अ-

लमजुङ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण सहितको सेवा प्रवाह गर्न थालेको छ । प्रत्येक आइतबार कार्यालयमा आएका सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श सेवा शुरु गरेको हो ।

प्रत्येक नागरिक आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्छ, भन्ने सचेतना अभिबृद्धिका लागि यस्तो व्यवस्था गरिएको प्रशासन कार्यालयका सहायक प्रजिअ काजीमान सुनारले बताए ।

“नागरिक अझैपनि आफ्नो स्वास्थ्यबारे खासै ख्याल गर्दैनन्” सहायक प्रजिअ सुनारले भने, ‘केही नभए पनि समय सापेक्ष स्वास्थ्य परीक्षण गरिनुपर्छ, भन्ने सन्देश दिनका लागि यो अभियान शुरु गरेका हौँ ।’

प्रत्येक आइतबार दिउँसो तीन घण्टा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ । प्रशासनमा आएका सेवाग्राहीको रक्तचाप, चिनीरोग, मुटुको धड्कन लगायतको निःशुल्क परीक्षणका साथै परामर्श सेवा उपलब्ध गराएको छ ।

स्वास्थ्य परीक्षणको क्रममा कमजोरी तथा बिरामी भेटिएमा सेवाग्राहीलाई निःशुल्क औषधि पनि दिने व्यवस्था गरिएको छ । परीक्षणकै क्रममा अन्य ठूलो समस्या भेटिएमा सम्बन्धित अस्पताल पुग्न परामर्श दिने गरेको प्रशासनले जनाएको छ ।

निःशुल्क स्वास्थ्य परीक्षणका लागि जनस्वास्थ्य कार्यालयले चिकित्सकसहित दुईजना सहयोगी उपलब्ध गराएको छ । कार्यालयले केही सामान्य समस्याको औषधि र प्राथामिक उपचारको सामाग्री पनि उपलब्ध गराएको छ ।

निःशुल्क स्वास्थ्य परीक्षण सेवा शुरु भएपछि सेवाग्राहीले लाम बसेर पनि स्वास्थ्य परीक्षण गर्दै आएका छन् । निःशुल्क स्वास्थ्य परीक्षण र स्वास्थ्य परामर्शले थप लाभान्वित भएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस