२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश ७ मा कमजोर मनसुनले धानबाली सुक्न थाले

अ+ अ-

धनगढी । यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं. ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ ।

आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो ।

रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको स्थानीय किसान जंगवीर चौधरीले बताए । “बोरिङबाट पानी तानेर धान रोपाइँ गरियो, किसान जंगवीरले भने, “वर्षा नहुँदा देखिएको खडेरीले धान सुकेर जाने चिन्ता लागेको छ ।” खास गरी प्रदेशका पहाडी जिल्लाको तुलनामा धान उत्पादनका प्रमुख जिल्ला तराईका कैलाली र कञ्चनपुरको धान बालीलाई पुग्ने गरी मनसुनी वर्षाको अभाव भएको छ ।

पहाडका जिल्लाबाहेक तराईको जिल्ला कैलालीमा ७१ हजार २५० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४५० हेक्टर जग्गामा धानबालीको खेती हुने गरेको छ । यस क्षेत्रमा मनसुनी वर्षा साउन लाग्दासम्म पूर्णरुपमा सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयका प्रमुख एपी चौरसियाले बताए ।

यसपालि धेरै पानी नपर्ने कमजोर मौसम देखिएको चौरसियाले बताए । यस क्षेत्रमा गएको असार १८ गते ९८ मिलिमिटर र २० गते ५१ मिमि वर्षा भएको रेकर्ड भएको थियो ।

यो दुई दिनबाहेक त्यसपछि धानबालीलाई पुग्ने गरी ठूलो वर्षा हुन सकेको छैन । प्रदेश नं. ७ मा यस वर्ष जेठ २५ गते मनसुन भित्रिएको भए पनि कमजोर मनसुन रहेको चौरसियाले बताए । रासस

प्रतिक्रिया दिनुहोस