२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि विश्वविद्यालयद्वारा निजी सम्बन्धनबारे जानकारी

अ+ अ-

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सम्पूर्ण प्रक्रिया पूरा गरेर आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको प्रष्ट पारेको छ ।

आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि प्राध्यापक र विद्यार्थीले आन्दोलन चर्काउँदै लगेपछि विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्बन्धन स्थगन हुन नसक्ने जनाएको छ ।

सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको नियम मुताविक विद्या परिषद, प्राज्ञिक परिषद् र अन्त्यमा कार्यकारी परिषद्बाट कृषि स्नातक पढाइ हुने सात र वन विज्ञान पढाइ हुने एक गरी देशका विभिन्न स्थानका आठवटा निजी कलेजलाई सम्बन्धन दिइएको बताए ।

उपकुलपति ढकालले विश्वविद्यालयको निर्णयअनुसार २०७२ जेठ २६ गते गोर्खापत्र दैनिकमा सूचना प्रकाशितपछि आवेदन परेका २४ क्याम्पसमध्ये सम्पूण प्रक्रिया पूरा गरेका आठ क्याम्पसलाई मात्र सम्बन्धन दिइएको बताए । ठूलो संख्यामा कृषि शिक्षा पढ्ने विद्यार्थीको चाहना भएर पनि पढ्न नपाएको परिवेशमा आंगिकसँगै निजी क्याम्पसलाई सम्बन्धन दिइएको उनको भनाइ थियो ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्टार मनराज कोलाक्षपतिले विधिसम्मत् ढंगबाट निजी क्याम्पसलाई सम्बन्धन दिँदा अनावश्यक आलोचना भएको बताए । उनले पदाधिकारी कसैको पनि सम्बन्धन दिइएका निजी क्याम्पसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लगानी नभएको, कुनै आर्थिक प्रलोभनमा काम नभएको, भौतिक पूर्वाधार र प्रक्रिया पूरा गरेका क्याम्पसलाई मात्र सम्बन्धन दिइएको बताए।

सोही अवसरमा विश्वविद्यालयका अनुसन्धान निर्देशक डा नवराज देवकोटाले विश्वविद्यालयको मुख्य उद्देश्य अध्ययन, अनुसन्धान र प्रसार रहेको भन्दै सम्बन्धन पाएका क्याम्पसले पनि विश्वविद्यालयको उद्देश्यअनुसार काम गर्नुपर्ने बताए ।

विश्वविद्यालयले कृषि स्नातकमा सम्बन्धन दिइएकामा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जिविका कृषि विज्ञान कलेज इटहरी, भ्यालि कृषि क्याम्पस ललितपुर, हिमछाया कलेज गैंँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही, गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत रहेका छन् ।

त्यसैगरी वन स्नातकमा सिद्धान्त क्याम्पस गैँंडाकोट रहेका छन् । सबै कलेजले ५०/५० जना विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले हालसम्म चारवटा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ ।

आउँदो शैक्षिक सत्रसम्ममा थप चारवटा आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको जनाएको छ । विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी संगठनले भने निजी क्याम्पसलाई सम्बन्धन दिन नहुने भन्दै विरोध जनाएका छन् । उनीहरुले विश्वविद्यालयमा तालाबन्दी गर्ने, हडताल गर्ने लगायतका विरोधका कार्यक्रम गरिरहेका छन् ।

सम्बन्धन स्थगन नभएसम्म हडताल जारी रहने जनाएका छन् । सरकारले प्राविधिक शिक्षा पढाउनका लागि भन्दै विसं २०६७ मा यो विश्वविद्यालय स्थापना गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस