२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्ण खोप सुनिश्चित ४८ जिल्ला, २०१८ भित्र ७७ वटै जिल्ला पूर्ण खोप सुनिश्चित भइसक्ने

अ+ अ-

रोल्पा । रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ ।

सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं. प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वास्थ्य नागरिकले मात्र देश विकास गर्न सक्ने धारणा व्यक्त गरे।

पन्ध्र महिनाभित्रका बालबालिकालाई ११ थरीका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

जिल्लामा खोप ९५ प्रतिशत पुगेकाले स्वास्थ्य सेवा विभागको स्वीकृतिमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुशील आचार्यले बताए ।

रोल्पासहित ४७ जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भइसकेको स्वास्थ्य सेवा विभागका प्रतिनिधि वसन्त श्रेष्ठले जानकारी दिए । सन् २०१८ भित्र देशका ७७ वटै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसक्ने बताइएको छ ।

बागलुङ– बागलुङ पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । यहाँ सोमबार राष्ट्रिय खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य विभाग, बाल स्वास्थ्य महाशाखा, खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले उक्त घोषणा गर्दै खोपकै कारण बाल तथा मातृ मृत्युदर घटेको बताए ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगर, प्रदेशसभाका सदस्य, स्थानीय निकायका जनप्रतिनिधि, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायतले पूर्ण खोप सुनिश्चित जिल्लाको रुपमा निरन्तर कायम राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

जिल्लाका सबै बालबालिकाले जन्मेदेखि १५ महिनाको उमेरभित्र पाउनुपर्ने ११ प्रकारका खोप पाएको सुनिश्चिता भएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । यही असार १५ गतेसम्म जिल्लाका कूल नौ हजार ८७५ बालबालिका खोपको पहुँचमा आएका छन् । पन्ध्र महिनाको उमेरभित्र लगाउनुपर्ने खोप बालबालिकाले २३ महिनासम्ममा पूर्णरुपमा पाउने गरेका छन् ।

घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले आगामी दिनमा पनि पूर्ण खोपको सुनिश्चिता गर्न सम्बद्ध सबै पक्ष प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे । प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले पूर्ण खोपको सुनिश्चितता कायम राख्न सबै जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखे।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले खोपलगायत स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व स्थानीय तहमा पुगेको छ, भने । अपांगता हुने दर पनि पछिल्लो समय घटेको उनको भनाइ छ । उनले भने, “एउटा बच्चाको खोपका लागि राज्यले रु ३० हजार लगानी गरेको छ ।” बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले खोपसँगै नागरिकलाई प्रदान गरिने सबै स्वास्थ्य सेवाप्रति नगरपालिका संवेदनशील रहेको बताए ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगानाले खोप कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न अनुगमन र सर्वेक्षणलाई थप सशक्त पारिने उल्लेख गरे । यसअघि जिल्लाका नौ स्थानीय तहले छुट्टाछुट्टै रुपमा पूर्ण खोपयुक्त घोषणा गरेका थिए । बागलुङसँगै देशका ४८ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका छन् ।

लहान–सिरहाको लहानलाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ । लहान नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सो घोषणा गरेको हो ।

नगरपालिका क्षेत्र १ देखि २४ वटै वडाका सम्पूर्ण खोप लगाउने उमेर समूहका बालबालिकाले खोप पाएसँगै नगरलाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले जानकारी दिए ।

नगर प्रमुख मुनी साहको अध्यक्षतामा आयोजित घोषणासभामा प्रदेशसभा सदस्य लगनलाल चौधरीले पूर्ण खोप घोषणासँगै बालबालिकालाई नियमित खोप लगाउने चुनौती बढेको बताए । सो अवसरमा पूर्ण खोप घोषणा गराउन योगदान गरेवापत स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंयसेविकालाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस