२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य अंकले बढ्यो शेयर बजार

अ+ अ-

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने सामान्य बिन्दुले उकालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर बजार मापक परिसूचक नेप्से ०।६५ बिन्दुले बढेर एक हजार १८०.३६ बिन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ परिसूचकसमेत ०.२२ बिन्दुले बढेर २४८.२५ बिन्दुमा पुगेको छ । आज कूल १६२ कम्पनीको नौ लाख १५ हजार १३६ कित्ता शेयर २१ करोड ८१ लाख ९८ हजार ९९८ मूल्यमा खरिद बिक्री भएको छ ।

आइतबार र सोमबारको तुलनामा शेयर संख्यामा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । नेप्सेका अनुसार चार उपसमूहको शेयर आज घटेको छ भने पाँच उपमूहको शेयर बढेको छ ।

बैंकिङ ३.५३, होटल ६.५३, फाइनान्स १.९८, उत्पादन १५.४४ र अन्य समूहको शेयर ०.७१ बिन्दुले बढेको छ । यस्तै विकास बैंक ०.१६, जलविद्युत् १६.४७, बीमा २८.६७ र माइक्रोफाइनान्स ९.५४ बिन्दुले घटेको छ ।

रिडी हाइड्रोको हकप्रद शेयर आउने

रिडी हाइड्रोले एकबराबर एक कित्ता हकप्रद शेयर दिने भएको छ । कम्पनीले स्टकलाई आज दिएको जानकारीअनुसार ५० करोड १० लाख ५५ हजार १०० बराबरको हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपश्चात् हकप्रद शेयर जारी गरिने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस