२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट कार्यान्वयनको तालिका बनाई अघि बढ्ने : अर्थमन्त्री डा. खतिवडा

अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई अघि बढ्ने बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट कार्यान्वयनका साझेदारहरू प्रदेश र स्थानीय तह पनि भएकाले उनीहरुको पनि क्षमता बढाउँदै केन्द्रले परिपूरकको भूमिका निर्वाह गर्ने बताए।

राजश्वबाट प्रशस्त साधन र स्रोत तलका तहमा पठाइएको र सोही आधारमा योजना पनि हस्तान्तरण गरिएको जानकारी गराउँदै उनले बजेटमा पहिलोपटक आठ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ भने ।

बजेटले ज्येष्ठ नागरिकका लागि बीमा सुविधा र बालबालिकका लागि बाल संरक्षण कार्यक्रम, किसान, कर्मचारीलगायत सबैलाई समेटेको चर्चा गर्दै उनले यस्तै कार्यक्रमबाट अपेक्षित आर्थिक वृद्धि हुने बताए ।

राजश्व पनि नबढाउने, विदेशी सहयोग पनि नलिने अनि खर्च जति पनि गर्ने भन्ने अर्थशास्त्रको नियम हुन सक्दैन भन्दै उनले बजारको मूल्यवृद्धि पनि बजेटसँग सम्बन्धित नभई एकाधिकार कायम गर्न खोज्नेले फैलाएको हल्ला मात्र हो भने ।

जनसंख्या र भूगोलमा कुनै एकको मात्र आधार नलिइ दुबै बीचको सन्तुलन मिलाई बजेट विनियोजन गरिएको र केही संस्थानमा विनियोजन भएको बजेट पनि संस्थागत सुदृढीकरणका लागि भएको स्पष्ट पारे ।

पूँजीगत खर्चभन्दा चालु खर्च बढी भएको भन्ने सांसदको प्रश्नमा अर्थमन्त्री डा. खतिवडाले चालु खर्चभित्र पनि केही बजेटको प्रकृति पूँजीगत भएको उल्लेख गरे । कर प्रणालीका सम्बन्धमा उहाँले प्रगतिशील कर प्रणाली शुरु गरिएको अवगत गराए ।

भ्रष्टाचार नियन्त्रणमा सरकारले शून्य सहनशीलताको नीति अपनाएको छ भन्दै उनले नीति तथा कार्यक्रममा आएका कतिपय कार्यक्रम बजेटमा देखिएनन् भन्ने सन्दर्भमा त्यस्ता विषय प्रदेश र स्थानीय तहमा रहेको जानकारी दिए ।

भूकम्पपछिको पुनः निर्माणका काम सन्तोषजनक रुपमा अघि बढेको र सामाजिक सुरक्षाका विषयमा पनि आगामी दिन थप काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री डा. खतिवडाले कर्मचारीका लागि प्रोत्साहन स्वरूप थप भत्ताको व्यवस्था नभएको, व्यक्तिगत करमा धेरै वृद्धि नगरिएको र विलाशिताका सामानमा मात्र केही मात्रामा कर बढेको बताए।

बैठकमा सांसदहरु दिलेन्द्रप्रसाद बडू, ज्ञानेन्द्रबहादुर कार्की, रामबहादुर विष्ट, प्रेम सुवाल, प्रकाश रसायली, बिमलप्रसाद श्रीवास्ताव, तेजुलाल चौधरी, सुजिता शाक्य, मोहन बानियाँ, सरिताकुमारी गिरि, गजेन्द्रबहादुर महत, मेटमणि चौधरीले प्रतिप्रश्न गरेकका थिए ।

प्रतिक्रिया दिनुहोस