२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाइड्रोपावर इञ्जिनियरिङ विषयको पढाइ शुरु

अ+ अ-

काठमाडौं । पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहमा ‘हाइड्रोपावर इञ्जिनियरिङ’ विषयको पढाइ शुरु गर्ने भएको छ ।

नेपालमा जलविद्युत् परियोजनका लागि दक्ष इञ्जिनियर उत्पादन गर्ने उद्देश्यले सो विषयमा पढाइ शुरु गर्न थालिएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले जानकारी दिए ।

‘नेपालमा बढ्दो मात्रमा जलविद्युत् परियोजना बनिरहेका छन् तर ती परियोजनका लागि आवश्यक जनशक्ति प्रर्याप्त नभएकोले विदेशबाट आयात गर्नुपरेको छ’ उनले भने–‘अब नेपालमा नै दक्षजनशक्ति उत्पादन गर्नका लागि उक्त विषय अध्यापन गराउन थालेका हांै ।’

यसअघि उक्त विषयमा यसै शैक्षिक सत्रदेखि त्रिभुवन विश्वविद्यालयले पढाइ शुरु गरिसकेको छ । डिन जोशीका अनुसार पढाइबाट उत्पादन भएका जनशक्तिले ठूला तथा मझौला जलविद्युत् परियोजनाको डिजाइन र व्यवस्थापन गर्न सक्नेछन् ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पस पोखरामा उक्त विषयको अध्ययन अध्यापन आगामी भदौबाट हुनेछ । विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक राजेश ठकुराठीले नेपालमा विद्युत् निकाल्ने काम बढिरहेकाले त्यसलाई आवश्यक जनशक्ति उत्पादन गर्नका लागि पढाइ शुरु गरिएको बताए ।

करीब चार लाख शुल्क लाग्ने उक्त विषयमा पहिलो पटक २० जना विद्यार्थी भर्ना गर्ने विश्वविद्यालयको तयारी छ । उक्त विषयमा पढ्नका लागि स्नातक तहमा सिभिल, कृषि र ग्रामीण विकास विषयमा ईञ्जिनियर उत्र्तीण गरेको हुनुपर्छ ।

अहिले पोखरा विश्वविद्यालयमा चार आंगिक क्याम्पस र ५८ वटा सम्बन्धन प्राप्त क्याम्पसमा चार संकायका ४८ विषयमा करीब ३० हजार विद्यार्थी अध्ययन गर्ने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस