काठमाडौं । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनमा धुम्रपान गरेमा १ हजार जरिवाना लिने व्यवस्था गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सो व्यवस्था गरेको जानकारी दिएको हो ।
त्यसैगरी सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनको जरिवाना थपेर ५ सयबाट एक हजार पुर्याएको बताइएको छ भने ध्वनी संकेत निषेध गरेको ठाउँमा ध्वनी दिएमा पनि १ हजार जरिवाना तोकिएको प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) बसन्तकुमार पन्तले बताए ।
त्यस्तै ट्राफिक प्रहरीले सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनलाई एक हजार जरिवाना गर्ने भएको छ ।
यातायात व्यवस्था विभागले प्रत्यायोजन गरिएको अधिकार अनुसार यसको जरिवाना १ हजार पुर्याइएको एसएसपी पन्तले बताए ।