६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ हजार नागरिकताका प्रमाणहरु नष्ट

अ+ अ-

पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका प्रमाणहरु नष्ट गरेको छ ।

कार्यालयले बुधबार प्राङगणभित्रै १७ हजार ९५३ वटा नागरिकताका पुराना प्रमाण नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालय, पर्वतबाट २०६९ साउन महिनाबाट सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण गर्न शुरु गरेपछि अहिले उक्त फाइल रेकर्ड नष्ट गरिएको हो ।

गत वर्षसम्म जिल्लाको दुर्गममा आयोजना गरिने घुम्ती शिविरमा ती हस्तलिखित नागरिकता कार्ड प्रयोजनमा ल्याइएको भए पनि अहिले घुम्ती शिविरमा समेत कम्प्युटर प्रणालीबाट नागरिकता वितरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।

सोसँगै जिल्ला प्रशासन कार्यालय, पर्वतले कार्यालयको स्टोरमा थन्किएका पुराना कागजातसमेत नष्ट गरेको छ । स्टोर शाखा प्रमुख नारायण अधिकारीका अनुसार पुनःप्रयोगमा ल्याउन नसकिने छापहरु तथा २०५० देखि ०६५ सालसम्मका चलानी रजिष्ट्रारसमेत नष्ट गरिएको बताए ।

प्रविधिको विकाससँगै हस्तलिखित कागजात नष्ट गरिने भएको छ । अहिले गाउँगाउँमा सञ्चालन हुने घुम्ती शिविरमा समेत कम्प्यूटरकै प्रयोग हुने गरेको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले विकट गाउँका बासिन्दालाई गाउँमै सेवा दिने उद्देश्यले शुक्रबार र शनिबार महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा नागरिकता वितरण घुम्ती शिविर आयोजना गरेको जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस