२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास र समृद्धिका लागि सिण्डिकेट अन्त्य हुनुपर्छ : गृहमन्त्री

अ+ अ-

धनगढी । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अनियमितता र सिण्डिकेटको अन्त्य नभएसम्म मुलुकमा विकास र समृद्धि आउन नसक्ने बताए।

आज यहां आयोजित पत्रकार सम्मेलनमा उनले भने, “ विकास निर्माण, यातायात, स्वास्थ्य, शिक्षा, कृषिलगायत हरेक क्षेत्रमा देखिएको भ्रष्टाचार, अनियमितता र सिण्डिकेट अन्त्यका लागि सरकार पूर्ण प्रतिवद्ध छ ।”

गृहमन्त्री थापाले सरकार विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै तस्करीलाई समर्थन गर्ने प्रहरीलाई तत्काल कारबाही गर्ने दृढता व्यक्त गरे ।

प्रहरी, कर्मचारी संयन्त्र र राजनीतिक दलमा सुधारको ठूलो खाँचोको आवश्यकता महसुस गरेर सरकारले शुद्धिकरणको अभियान चलाइरहेको बताउँदै उनले यो कार्यमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका संविधान विरोधी क्रियाकलापलाई राजनीतिक र प्रशासनिक ढंगबाट समाधान खोज्ने गृहकार्यमा सरकार लागिपरेको बताउँदै दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकताले देशमा राजनीतिक स्थायित्वलाई सुनिश्चित गरेको छ भने ।

उनले आन्तरिक सुरक्षा नीतिलाई सबल र सुदृढ बनाई मुलुकको विकास र समृद्धिलाई सुनिश्चित गर्न सातवटै प्रदेशमा सुरक्षा गोष्ठी गरिएको पनि बताए ।

यसैगरी गृहमन्त्री थापाले आज यहांँ आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गरे ।

सो अवसरमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सुरक्षाको उचित व्यवस्थापनका लागि मन्त्रालयले ल्याएको गृह प्रशासन सुधार कार्ययोजनाका विषयमा गोष्ठीमा छलफल हुने जानकारी दिए।

गोष्ठीमा प्रदेश नं ७ का नौवटै जिल्लाका सुरक्षा निकाय प्रमुखको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस