६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बसाइँसराइ रोक्ने व्यवस्था आवश्यक : नेता विजुक्छे

अ+ अ-

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइलाई रोक्ने व्यवस्था अत्यावश्यक रहेको बताए ।

सोमबार भक्तपुर नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिहरुको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै विजुक्छेले जथाभावी हुने बसाइँ सराइले समस्यानै समस्या निम्त्याएको बताए ।

विजुक्छेले भने– “अव्यवस्थित रुपमा एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँसराइलाई रोक्न नसक्दा सहर अव्यवस्थित भएको छ, बसाइँसराइकै कारण फोहर प्रदूषण बढ्नुका साथै अपराधसमेत बढ्दै गएको छ ।” बसाइँसराइको उचित व्यवस्थापन हुन नसक्दा राज्यको करोडौँ बजेट खर्च भएको बताउँदै उनले वाग्मती सफाइ अभियान यसको उदाहरण भएको औँल्याए ।

केही देशमा एउटा जिल्लाबाट अन्य जिल्लामा बसाइँसराइ जाने नीति नभएकाले त्यस्तै नीति नेपालमा समेत अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष विजुक्छेले प्रहरी र प्रशासनको सहयोगमा स्थानीय तहले कोठा भाडामा बस्नेको तथ्यांक संकलन गर्नुपर्ने बताए । व्यवस्थित ढल निकास नभएसम्म शहर सुन्दर नहुने भन्दै विजुक्छेले त्यसका लागि व्यवस्थित शहरीकरणमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार एक वर्षभित्रमा विकास निर्माणको कार्य गरेको बताए । नगर प्रमुखले शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकास सडकको गुणस्तरमा विकास गरी आगामी पाँचवर्षमा समृद्ध शहर बनाउने बताए । रासस

प्रतिक्रिया दिनुहोस