६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा निवेदन दर्ता

अ+ अ-

काठमाडौं । एकता गर्ने सहमतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आयोगमा पुगेर ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन बुझाएका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले आयोगमा पुगेर आफूहरुले पार्टी एकता गरेको र दल दर्ताका लागि निवेदन दिन आएको बताए । सो क्रममा प्रधानमन्त्री ओलीले भने, ‘दुई पार्टीको फरक अस्तित्व समाप्त भयो, यो कानूनी हिसाबले पनि दर्ता हुनु जरुरी छ, अब हामी दुवै पार्टी विधिवत् रुपमा एउटै भएका छौँ ।’ उनले दुवै पार्टीबाट संयुक्त रुपमा केन्द्रीय कमिटी गठन गरेर दर्ताको निवेदन आयोगमा लिएर आएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिका लागि पार्टी एकताबद्ध भएको उल्लेख गर्दै भने, ‘पार्टी एकता भएपछि दर्ता हुनुपर्छ, निर्वाचन प्रक्रियाका लागि पनि त्यो जरुरी छ, यो दलले राष्ट्रिय मान्यता पाउने छ भन्ने विश्वास छ ।’ अध्यक्ष ओलीले निर्वाचनमा समयमा आफूहरुले जनताप्रति पार्टी एकता गर्ने र मुलुकको विकास गर्ने भनी गरेको प्रतिबद्धता पूरा गर्न पार्टी एकता गरेको बताए ।

सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकता गर्ने सहमति भएपछि लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि बढ्नका लागि दल दर्ता गर्न आएको बताए । नेता दाहालले भने, ‘नयाँ पार्टीको हैसियतले दल दर्ता गर्ने प्रयोजनका निम्ति आएको छौँ, आम जनताको विकास र समृद्धिको चाहना र जनताप्रति पार्टी एकता गर्ने प्रतिबद्धता इमान्दारपूर्वक पूरा गरेका छौँ ।’

अध्यक्षद्वय दुवैले आफूहरुले पार्टी एकता गर्ने निर्णय गरेको कागजात एमालेका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङमार्फत बुझाएर आवश्यक हस्ताक्षर भएपछि ल्याइने प्रतिबद्धता व्यक्त गरे । अध्यक्षद्वयले लोकतन्त्रलाई संस्थागत गर्न र जनतासामु गरिएको प्रतिबद्धता पूरा गर्नका लागि पार्टी एकता गरेको उल्लेख गर्दै सुशासन, स्थिरता र विकासको काम जनताको अपेक्षनुरुपमा अघि बढाउने विश्वास दिलाए ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले लोकतन्त्र सफल पार्न धेरै दल हुनुभन्दा दलबीच पार्टी एकता हुनु मुलुकका लागि ठूलो उपलब्धि भएको उल्लेख गर्दै आयोगका तर्फबाट बधाई दिए । सो अवसरमा एमालेका नेता माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, प्रवक्ता पम्फा भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत दुवै पार्टीका नेताको उल्लेख्य उपस्थिति थियो । रासस

प्रतिक्रिया दिनुहोस