१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाबाटै एकीकृत सम्पत्ति कर बुझिने

अ+ अ-

दाङ । तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको ३०औँ बैठकले विभिन्न विधेयक र कार्यविधिहरु पारित गरेको छ ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले सहकारी विधेयक २०७५, न्यायिक समितिको कार्यविधि नियमित गर्न बनेको विधेयक २०७५, तुलसीपुर उपमहानगरपालिकाको प्रशासन नियमित गर्न बनेको विधेयक २०७५ र राजपत्र प्रकाशन गर्नेसम्बन्धी कार्यविधि २०७५ लगायतका ऐन तथा कार्यविधिहरु पारित गरेको हो ।

कार्यपालिकाको बैठकले सामुदायिक र संस्थागत विद्यालयको कक्षा थप र स्थानान्तरणका लागि प्राप्त निवेदनउपर छलफल गरेर शिक्षा शाखा तुलसीपुरले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनसहित सदर गरेको छ ।

प्रतिवेदनमा थप एक कक्षा सञ्चालनका लागि निवेदन दिएका विद्यालयले वडा कार्यालयको सिफारिस, नजिकको विद्यालयको सहमति र भौतिक पूर्वाधारको विवरण पेश गर्नुपर्ने उल्लेख छ । माथिल्लो कक्षा माग गरेर त्योभन्दा पनि माथिल्लो कक्षा सञ्चालन गरेका विद्यालयलाई कार्यविधिमा उल्लेख गरेबमोजिम कारवाही गरेर कक्षा बन्द गर्न निर्देशन दिनेसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भौतिक पूर्वाधार तथा विद्यार्थी सख्ंया न्यून रहेका कतिपय संस्थागत विद्यालयलाई अनुमति नदिने तथा आगामी आर्थिक वर्ष २०७५/७६ देखि वडा कार्यालयबाट एकीकृत सम्पत्ति कर असुल गर्ने निर्णयसमेत गरेको छ । अब साउन १ गतेदेखि वडाबाटै एकीकृत सम्पत्ति कर असुल गर्ने बाटो खुलेको छ ।

कार्यपालिकाको बैठकले तुलसीपुरमा तरकारी र फलफूलको जग्गा व्यवस्थापनका लागि आह्वान गर्ने निर्णय गरेको छ । कालोपत्रले छोएको र १० कट्ठासम्म भएको बजार क्षेत्रभित्रको जग्गा खोज्नका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकले जेठ ७ गतेका दिन नगरसभाको बैठकसमेत तोकेको उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस