२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय प्रधानमन्त्री मोदी भ्रमण तालिका सार्वजनिक

अ+ अ-

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तालिका सार्वजनिक भएको छ । सोमबार मोदीको भ्रमण तालिका सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुवै प्रधानमन्त्री एकै समय जनकपुरमा उत्रिने जानकारी दिएका छन् ।

तालिका अनुशार भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले स्वागत गर्नेछन् । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीबीच जानकी मन्दिरमै भेट हुने छ ।

मोदीको जानकी मन्दिरमा करीब ३० मिनेट विशेष पूर्जाअर्चना पछि दुबै देशका प्रधानमन्त्रीले जानकी मन्दिर परिसरबाटै रामायण सर्किटको उद्घाटन गर्नेछन् ।

त्यसपछि भारतीय प्रधानमन्त्री मोदी जनकपुरको रंगभूमि मैदानमा उनको सम्मानमा आयोजित नागरिक अभिनन्दन समारोहमा सरिक हुनेछन् अभिनन्दनपछि सम्बोधन गर्ने कार्यक्रम रहेका मोदी सिधै काठमाण्डौं आउनेछन् ।

काठमाडौंमा दुई देशका प्रधानमन्त्रीबीच औपचारिक वार्ता हुने र प्रधानमन्त्री ओलीले चैतको अन्तिम साता गरेको भारत भ्रमणको क्रममा भएको सहमतिमा समेत हस्ताक्षर गरिने कार्यक्रम रहेको छ ।

मोदी बैशाख २९ गते विहान काठमाडौंबाट मुस्ताङको मुक्तिनाथको भ्रमणमा निस्कने छन् । मुक्तिनाथ मन्दिर पुगेर विशेष पूजाअर्चनापछि मोदी काठमाडौं फर्किनेछन् र राष्ट्रपति बिद्यादेवी भण्डारी तथा उप–राष्ट्रपति नन्दकिशोर पुन संग शिष्टाचार भेटघाट गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस