५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय संसदको दोस्रो अधिवेशन शुरु हुँदै

अ+ अ-

काठमाडौं । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरूप आज अपराह्न ४ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा दुवै सभाका बैठक छुट्टाछुट्टै बस्दैछ । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट बोलाइएको संघीय संसदको बजेट अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत हुनेछ ।

संघीय संसद सचिवालयका अनुसार दुवै सभाका बैठकमा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाइने, शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने तथा अधिवेशन अघि जारी भएका चार अध्यादेश प्रस्तुत हुने कार्यसूची छ ।

बैठकमा आआफ्नो सभासँग सम्बन्धित नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए । आजको बैठकपछि आगामी दिनका बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, संशोधन प्रस्तुत गर्ने अवधि र पारित गर्ने, पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेश क्रमशः स्वीकृत हुनेछन् ।

सचिवालयले यही वैशाख २६ देखि २८ गतेसम्म (प्रि–बजेट) विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त अर्थमन्त्रीद्वारा प्रस्तुत भई सभामा छलफल गरिने प्रारम्भिक सम्भावित कार्यसूची बनाएको छ । अधिवेशनका क्रममा आगामी जेठ १ गते राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधनसमेत हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस